काठमाडौँ | हावाहुरीसहित परेको वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीका अनुसार पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको हो । अवरुद्ध सडक खुलाउन तथा अवस्था नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली खटिएको जनाइएको छ ।