2026-10-17 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साउदीमाथि हुथीको आक्रमण तीव्र

2026-09-26

काठमाडौँ | यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी नेतृत्वको गठबन्धनले शनिबार दुई ड्रोन र दुई ब्यालेस्टिक क्षेप्यास्त्र रोकिएको जनाएको छ। गठबन्धनका अनुसार हुथी समूहले राजधानी रियादसहित विभिन्न क्षेत्रमा आक्रमण गरेको थियो। हवाई प्रतिरक्षा प्रणालीले रियाद क्षेत्रतर्फ प्रहार गरिएका दुई ड्रोन पहिचान गरी नष्ट गरेको तथा दक्षिणपश्चिमी सहर खमिस मुशैततर्फ प्रहार गरिएका दुई ब्यालेस्टिक क्षेप्यास्त्र पनि रोकेको जनाएको छ। खमिस मुशैतमा महत्वपूर्ण हवाई सैनिक अड्डा रहेको छ।

इरान समर्थित हुथी समूहका आक्रमण गत जुलाईदेखि निरन्तर तीव्र हुँदै आएका छन्। लामो समयदेखि कायम युद्धविराम अन्त्य भएपछि यमनको द्वन्द्व पुनः चर्किएको हो। पछिल्लो घटनाक्रमले मध्यपूर्वमा जारी व्यापक द्वन्द्वसँग यमनको युद्धसमेत जोडिने जोखिम बढाएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यसअघि साउदी अरबमाथि बढ्दो हुथी आक्रमणको निन्दा गर्दै त्यस्ता आक्रमणमा महिला तथा बालबालिकासहित सर्वसाधारण घाइते भएको जनाएको थियो।

हुथी समूहले साउदी अरबमाथि समुद्री नाकाबन्दीसमेत लगाएको दाबी गरिएको छ। समूहले तेल बोकेका पानीजहाजमाथि आक्रमण गर्नुका साथै यमनको लाल सागर तटीय क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्दै साउदी भूमितर्फ क्षेप्यास्त्र प्रहार गर्दै आएको बताइएको छ। यसबाट क्षेत्रीय सुरक्षा र ऊर्जा बजारमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। हुथी राजनीतिक ब्युरोका सदस्य हेजाम अल–असदले आफ्नो समूहको सैन्य अभियान अझ ठूलो द्वन्द्वका लागि तयारी मात्र भएको बताउनुभएको छ। उहाँले शनिबारको आक्रमणलाई पूर्णस्तरको युद्धका लागि ‘सानो अभ्यास’का रूपमा लिइएको दाबी गरे।

खाडी सहयोग परिषद्का महासचिव जासेम मोहम्मद अल्बुदाइवीले हुथी आक्रमणको निन्दा गर्दै यसलाई साउदी अरबको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घन बताए। उनले आक्रमणले सर्वसाधारणको सुरक्षा र क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष खतरा उत्पन्न गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आक्रमण रोक्न र हुथी समूहलाई जवाफदेही बनाउन दृढ कदम चाल्न आग्रह गरे। यसैबीच, यमनको शासकीय निकायका प्रमुख रशाद अल–अलिमीले शुक्रबार हुथी आक्रमणको सामना गर्न देशभर आम परिचालनको आह्वान गरेका थिए । हुथी सेनाले यमनी सरकारी सेनाविरुद्ध सञ्चालन गरिरहेको स्थल अभियानका कारण मानवीय संकट थप गहिरिने जोखिम बढेको छ। संयुक्त राष्ट्रसंघका अनुसार अगस्टयता यमनमा एक लाख ३८ हजार मानिस विस्थापित भएका छन्, जसमा करिब ७० हजार बालबालिका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु