2026-11-10 03:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो

2026-10-01

काठमाडौँ | बुधबार अपहरणको प्रयासजस्तो देखिने घटनापछि संकटकालीन संकेत जारी गर्दै संयुक्त अरब अमिरात (यूएई) बाट इजरायलका लागि उडेको एउटा विमानलाई साउदी अरब डाइभर्ट गरिएको थियो । रोयटर्स समाचार एजेन्सीका अनुसार, जोर्डनको हवाई क्षेत्र हुँदै दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाईदुबईको उडान एफजेड १०७३ लाई डाइभर्ट गरिएको थियो । त्यसपछि इजरायलले आफ्ना लडाकु विमानहरू परिचालन गर्नुपरेको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पाइलटहरूमध्ये एकले अर्कालाई चक्कु प्रहार गरेको र त्यसपछि विमानलाई दुर्घटनाग्रस्त बनाउने प्रयास गरेको बताएका छन् । यस घटनापछि इजरायलले अन्य ‘सम्भावित खतराहरू’ का लागि तयारी गरिरहेको पनि उनले थपे । वरिष्ठ राष्ट्रिय सुरक्षा विश्लेषक जुलिएट कायेमले यसलाई आतंकवादी आक्रमणका रूपमा जुन कुनै पनि अनुसन्धानकर्मीले जाँचबुझ गर्ने सीएनएनलाई बताइन् । आक्रमणकारी पाइलटको उद्देश्य स्पष्ट भएको छैन र इजरायलीहरूले उनी ओमानी नागरिक भएको बताएका छन् । यो विमान इजरायलतर्फ जान लागेको र विमानमा धेरै इजरायलीहरू भएकाले यसलाई आतंकवादी आक्रमणका रूपमा लिनुपर्ने कायेमको भनाइ छ ।

हुन त यस घटनाका अन्य सिद्धान्तहरू पनि छन् । अधिकारीहरूले पाइलटको मानसिक स्वास्थ्य, अतिवादीहरूसँगको संगतको सम्भावना र उनका मतियार तथा कुनै विशेष मुलुकले उनलाई सहयोग गरेको विषयमा पनि अनुसन्धान गर्नेछन् । यस घटनाले गम्भीर सुरक्षा प्रश्नहरू उठाएको कायेमको भनाइ छ । आक्रमणकारी पाइलट कसैको निगरानी विना नै कसरी ककपिटमा पुगेर आक्रमण गर्न सफल भयो भनी प्रश्न उठेको हो । पाइलटहरूलाई राजनीति वा अतिवादी धारणाको जोखिमका विषयमा निरन्तर मूल्यांकन गरिने भए पनि यी पाइलट कसरी पत्ता लागेनन् भन्ने प्रश्न पनि छ ।

आक्रमणकारी पाइलटसँगै ककपिटमा रहेका पाइलटले छिटो एक्सनका साथ हस्तक्षेप गरेकाले ठूलो विपत्ति टरेको कायेम बताउँछिन् । चक्कु लागेर घाइते भएको अवस्थामा समेत ककपिटको ढोका खोल्ले ती पाइलटका कारण नै १०० भन्दा बढी मानिसको ज्यान जोगिएको उनको भनाइ छ । फ्लाईदुबईले ककपिटमा झगडा भएको र सबै यात्रुहरू सुरक्षित रहेको जनाएको छ । विमानमा सवार रहेका ड्युटीमा रहेका चालक दलका सदस्यहरूले विमानलाई नियन्त्रणमा लिएको कम्पनीले थपेको छ ।

विमान अवतरण भएको साउदी अरबको तबुक विमानस्थलका अधिकारीहरूले चोटपटक लागेका कारण विमानका कप्तान र फर्स्ट अफिसर दुवैलाई अस्पताल लगिएको बताएका छन् । साउदी अरबस्थित भारतीय दूतावासले पछि घाइते कप्तानको पहिचान भारतीय नागरिक स्मित मच्छरका रूपमा गरेको छ । दूतावासले तबुकको एक अस्पतालमा उनको उपचार भइरहेको र अवस्था स्थिर रहेको बताइएको जनाउँदै आफू उनको परिवार र साउदी अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको छ । सन् २०२० मा दुई देशबीच सम्बन्ध सामान्यीकरण भएयता संयुक्त अरब अमिरात इजरायलीहरूका लागि लोकप्रिय पर्यटकीय गन्तव्य बनेको छ ।

यात्रुहरूलाई पछि अर्को वैकल्पिक उडानमार्फत तेल अभिभ पुर्याइएको तबुक विमानस्थलले पुष्टि गरेको छ । इजरायलको प्रधानमन्त्री कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार, नेतन्याहूले इजरायली र गैर–इजरायली दुवै विमान सेवा प्रदायकहरूमा सुरक्षा ‘कडा पार्न’ अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने