2026-10-20 12:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे

2026-10-01

काठमाडौँ | पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। मुख्य प्रशिक्षक जोर्जे जेसुससँग आफ्नो भूमिकाबारे विवाद देखिएको खबरबीच रोनाल्डोले टोली छाड्ने निर्णय गरेका हुन्। रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीको क्याम्प छाडेको जानकारी दिएका छन्। पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्सासँगको कुराकानीपछि टोलीबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन्। क्याम्प छाड्नुको वास्तविक कारण भने उचित समयमा पोर्चुगलका समर्थकलाई बताउने उनको भनाइ छ।

नेसन्स लिगको पहिलो खेलमा वेल्सविरुद्ध सुरुवाती खेलाडीका रूपमा मैदान उत्रिएका रोनाल्डो ६७औँ मिनेटमा बाहिरिएका थिए। पोर्चुगलले उक्त खेल १–० ले जितेको थियो। त्यसपछि नर्वेविरुद्धको २–१ को जितमा भने उनी बेन्चमै रहे र मैदान प्रवेश गरेनन्। नर्वेविरुद्धको खेलपछि रोनाल्डो र प्रशिक्षक जेसुसबीच सम्बन्धमा चिसोपना आएको खबर सार्वजनिक भएको थियो। जेसुसले बुधबारको पत्रकार सम्मेलनमा रोनाल्डोसँग अन्तर्राष्ट्रिय ब्रेकमा उनको भूमिकाबारे कुराकानी भइसकेको र डेनमार्कविरुद्ध पनि उनी नखेल्ने बताएका थिए।

रोनाल्डोले सोमबार र मंगलबार टोलीका अन्य खेलाडीबाट अलग रहेर प्रशिक्षण गरेका थिए। यसैबीच महासंघका अध्यक्ष प्रोएन्साको उपस्थितिमा रोनाल्डो र जेसुसबीच विवाद समाधानका लागि छलफल भएको खबर पनि सार्वजनिक भएको थियो। रोनाल्डोले आफूले पोर्चुगल राष्ट्रिय टोलीप्रति सधैं समर्पित भएर खेल्दै आएको बताएका छन्। उनले टोली र आफ्ना सबै सहकर्मीलाई आगामी खेलका लागि शुभकामना दिएका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी रहेका रोनाल्डोले पोर्चुगलका लागि १४६ गोल गरिसकेका छन्। करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्यमा रहेका रोनाल्डोले अब डेनमार्कविरुद्धको खेलसँगै अक्टोबर ४ मा नर्वेविरुद्ध हुने दोस्रो खेलसमेत गुमाउनेछन्। नेसन्स लिगको समूह ‘ए४’ मा पोर्चुगलले दुई खेलबाट ६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ