साङ्ग्रिला विराट गोल्डकपको सेमिफाइनलमा

Posted on: 31 Mar, 2024

चैत १८, विराटनगर | मोरङको साङ्ग्रिला फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती विराटनगरको सहिद रङ्गशालामा सम्पन्न खेलमा मोरङको साङ्ग्रिला फुटबल क्लबले भुटानको आरटिएफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

साङ्ग्रिलाको जितमा आशिष चापागाईँ, सुशील राई र स्याङले एक एक गोल गरेका थिए । त्यसैगरी भुटानको आरटिएफसीका लागि सोरव दार्जे दुवै गोल गरेका थिए ।  

प्रतियोगितामा नेपालका सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली, न्युरोड टिम, मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए छन् । 

यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको थिम्पुबाट आरटिएफसी फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गरेका छन् । 

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । आइतबारको खेल काठमाडौँको एनआरटी फुटबल क्बल र भारतको  सिक्किम ड्रागनबीच हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!