अमेरिका बसेर पनि नेपालकै मायाँ: गोविन्द फुयाँलको नयाँ गीत सार्वजनिक (भिडियो)

Posted on: 11 Mar, 2019

फागुन २७, काठमाडौँ | नेपाली भाषी भुटानी शरणार्थीको जिन्दगीको आफ्नै कथा ब्यथा छ । कथा पुरानो भैसक्यो तर त्यो पिडा, दु:ख र जीवन संघर्षको कथा अझै पनि भुटानी नेपालीको मनमा ताजै छ । 

भुटानबाट नेपालमा शरणार्थी जिवन बिताएका मध्यका एक हुन गोविन्द  फुयाँल । १७ वर्ष नेपालमा बिताएका उनी एक गायक र संगीतकार समेत हुन् । नेपालमा हुँदा भजन गायकका रूपमा परिचय बनाएका उनले नेपाल, भारतका धेरै धार्मिक कार्यक्रममा भजन गाएका थिए । अमेरिकी सरकारले भुटानी नेपालीलाई अमेरिका जाने अवसर दिएसंगै केही वर्ष अघि अमेरिका पुगे । 


अमेरिका पुगेर सुखको जिन्दगी बिताउने पाए पनि उनी भने संगीतका माध्यमबाट खुशी हुने प्रयासमा छ्न् । अमेरिकामै आफ्नो होम स्टुडियो निर्माण गरेका फुयालले आफ्नो फुर्सदको समयमा विभिन्न सिर्जना सार्वजनिक गर्दै आएका छन । 

केही दिन अघि उनले संगीत गरेको नयाँ गीत " तिम्रै छेउ " उनको आफ्नै युट्युव च्यानल जिपी प्रोडक्सन मार्फत सार्वजनिक भएको छ । यस गीतमा भोला ढुंगानाको शब्द रहेको छ भने गोबिन्द फुयालको संगीत रहेको छ । 

गीतमा स्वर कर्म ग्याल्चन बम्जनको रहेको छ । नोर्बु शेर्पाले गीतको एरेन्ज्मेन्ट गरेका छन् । मुस्ताङको रमणीय ठाउँमा शुट गरिएको भिडियोलाई लामा भाइले खिचेका हुन् । यान्छु तामाङ र निरु तामाङको गीतको भिडियोमा अभिनय रहेको छ । बिक्रम दहालको निर्देशनमा गीतको भिडियो तयार भएको हो ।

हेर्नुहोस् भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!