जब ७९ घण्टासम्म समुद्रको १६०० फिट मुनी फसे दुई व्यक्ति, अन्तिम समयमा यसरी गरियो उद्धार

Posted on: 22 Jun, 2023

एजेन्सी | टाइटानिकको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी अझै बेपत्ता छ र भित्र रहेका ५ जनाको खोजी भइरहेको छ । तर मानिसहरू यसरी समुद्रमा फसेको यो पहिलो पटक भने होइन ।

करिब ५० वर्षअघि दुई जना बेलायती सैनिकले ६ फिट चौडा एक स्टिल बलभित्र यसै गरी पानी भित्र तीन दिनसम्म बिताउनु परेको थियो ।


यो घटना आयरल्यान्डबाट करिब १५० माइल टाढा भएको थियो । उनीहरूलाई उद्धार गर्दा यो पनडुब्बी समुद्रको १५०० फिट मुनी थियो र त्यसमा १२ मिनेटको अक्सिजन मात्रै बाँकी थियो । 

यो कथा पाइसीसी III को हो । २९ अगस्ट १९७३ मा, रोयल नेवीका कर्मचारी रोजर च्यापम्यान (२८) र इन्जिनियर रोजर मलिनसन एक दुर्घटनापछि एट्लान्टिक महासागरको निकै मुनी गएका थिए । उनीहरूलाई बचाउन ७६ घण्टाको उद्धार कार्य चलाइएको थियो ।

त्यस दिन के भएको थियो ?

घटना भएको दिन, रोजर च्यापम्यान र रोजर मलिनसन आयरल्यान्डबाट करिब १५० माईल टाढा एट्लान्टिक महासागरमा टेलिफोन केबल बिछ्याउने काम गरिरहेका थिए ।

सन् २०१३ मा, बीबीसीले रोजर च्यापम्यान र रोजर मालिनसनसँग यस घटना बारे  कुराकानी गरेको थियो । च्यापम्यानले त्यति बेला बीबीसीलाई भनेका थिए, ‘हामी पानीभित्र आधा माइल प्रतिघण्टाको गतिमा यात्रा गरिरहेका थियौँ । त्यहाँ सतहमा पुग्थ्यौँ । पम्प र जेट प्रयोग गरेपछि केबल बिछ्याउँथ्यौँ ।’

यस्तै, रोजर मेलिनसनले घटनाबारे स्मरण गर्दै भनेका थिए, ‘यो सबै गर्दा असाध्यै थकाई लाग्थ्यो । बाक्लो कुहिरोमा सडकमा गाडी चलाइरहेको र एउटा सेतो लाइनलाई विश्वास गरेर हामी ड्राइभ गरिरहेका छौँ जस्तो लाग्थ्यो ।’

उनले थपे, ‘त्यति बेला हामीले २६ घण्टा लगातार काम गर्नुपर्दथ्यो, त्यो पनि नसुतीकन । घटना हुनु केही दिन अघि मात्रै यो पनडुब्बी एउटा सानो दुर्घटनाको सिकार भएको थियो । त्यसपछि यसको अक्सिजन ट्याङ्क फेरिएको थियो ।’

घटनाबारे थप्दै उनले भने, ‘हाम्रो आफ्नो पनडुब्बी एउटा डोरीमार्फत माथि तानिने हो कि भनेर प्रतीक्षा गरिरहेका थियौँ । डोरी र झोलाको आवाज आइरहेको थियो, यस्तो सधैँ हुन्थ्यो । तर अचानक हामी डुब्न थाल्यो र पनडुब्बीमा नराम्रोसँग झट्का लागिरहेको थियो । त्यति बेला असाध्यै डर लाग्यो ।’

त्यसपछि दुवै नाविकले पनडुब्बीको विद्युत् आपूर्ति बन्द गरिदिए । यो पनडुब्बी समुद्रको सतहबाट १५,७५ फिट तल आएपछि रोकियो ।

यस अवधिमा दुवै नाविकलाई कुनै विशेष चोट नपुग्नु राहतको कुरा थियो । 

उद्धार कार्य

त्यसपछि च्यामम्यान र मेलिनसनले फोनमार्फत मद्दत मागे । दुर्घटना भएका बेला उनीहरुको पनडुब्बीमा ६६ घण्टा मात्रै अक्सिजन बाँकी थियो ।


पाइसीसी III ले मद्दत मागेपछि उनको सहयोगी जहाज पिकर्स वायेगर कर्क सहरका लागि प्रस्थान गर्‍यो । त्यसपछि वायेगरले पाइसीस III सँग मिल्दोजुल्दो दुई पनडुब्बी पाइसीस II र पाइसीस V लाई लिएर घटनास्थलतर्फ गयो ।

त्यसपछि केही जहाज र एक विमानलाई घटनास्थल नजिकै रेस्क्यू अपरेशनमा मद्दतका लागि तैनाथ गरियो ।

अत्यन्तै कठिन उद्धार कार्य

तीन दिनसम्म चलेको उद्धार कार्यमा पहिले डोरीको सहायताले पाइसीस ।। लाई समुद्र मुनी अड्किएको पाइसीस ।।। नजिक पठाउने कोसिस गरियो तर यो डोरी चुँडियो । त्यसैले त्यो फिर्ता हुनुपर्‍यो ।

त्यसपछि पाइसीस V लाई पनडुब्बी खोज्नका लागि डोरीको सहारामा मुनी पठाइयो तर धेरै मेहनतपछि पनि त्यसलाई भेट्टाउन सकिएन । इन्धन सकिएपछि त्यो पनि फिर्ता हुनुपर्‍यो ।

यद्यपि, केही समय पछि पाइसीस V लाई पुनः पठाइयो । यस पटक भने यसले पाइसीस ।।। लाई भेट्टाउन सफल भयो ।

समुद्रको सतहमा फसेका दुवै नौसिनकलाई रानी एलिजाबेथले उनीहरूका लागि शुभकामना सन्देश पठाएको जानकारी दिइयो । 

मेलिनसनले यो घटनालाई याद गर्दै भने, ‘हामी असाध्यै खराब स्थितिमा थियौँ, चिसोको बीचमा असाध्यै मुस्किल अवस्थामा तर महारानीको सन्देशलाई हामीलाई उत्साहित बनाइदियो ।’

तर, पछि थाहा भयो त्यो सन्देश महारानीको तर्फबाट नभई क्विन एलिजाबेथ–टु नामको जहाजबाट आएको थियो  ।

तीन दिनपछि बाहिर आए

अन्ततः धेरै कठिनाइ पछि सेप्टेम्बर १, १९७३ मा दुबैलाई बाहिर निकालियो ।

उद्धार गर्दा पाइलटहरूले पाइसीस III मा ८४ घण्टा ३० मिनेट बिताइसकेका थिए ।


च्यापम्यानले भने, ‘हामीले पानीमा गोता लगाउँदा हामीसँग ७२ घण्टाको लाइफ सपोर्ट थियो, त्यसैले हामीले कसैगरी थप १२.५ घण्टा निकाल्न सफल भयौँ । उद्धार गर्दा हामीसँग अक्सिजन सिलिन्डरमा १२ मिनेटको अक्सिजन बाँकी थियो ।’

यस घटनापछि रोजर च्यापम्यानले जागिरबाट राजीनामा दिए र आफ्नो रक्षा कम्पनी सुरु गरे ।

रोजर मलिन्सनले अर्को ५ वर्षसम्म त्यही कम्पनीमा काम गरे । घटना भएको वर्षौँ बितिसक्दा पनि दुई जना सम्पर्कमा रहिरहे ।

वेनेसा बेरफोर्ड / बीबीसी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!