२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नाम मात्रको फ्री भिसा र फ्री टिकट, हाताहाती पैसा उठाउँछन् म्यानपावर

२७ आश्विन २०८०, शनिबार ०३:४२

असोज २७, काठमाडौँ | सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन् । त्यसकारण बिदेसिन लागेकाहरू म्यानपावर व्यवसायीलाई हाताहाती पैसा बुझाउनुपर्ने बाध्यताको सिकार बनेका छन् । 

विदेश पठाउने आश्वासनमा म्यानपावरले सुरुमै युवाहरूसँग ४०/५० हजार रकम लिएका रहेछन् तर बैंकमार्फत होइन । म्यानपावरवालाले बिदेसिनेसँग बैंकमार्फत नभई अनेक विश्वास दिलाउँदै हाताहाती पैसा उठाउने गरेका छन् । 'टिकट र भिसा आइसक्यो, पैसा दिन किन किचकिच गरेको ? हामीले कुनै पनि बैंक खाता खोलेका छैनौँ । पैसा लिने-दिने हातैमा हो । विदेश जान मन छैन भने भन, जाने भए छिटो पैसा देऊ,' सोही म्यानपावरका अर्का कर्मचारी युवाहरूलाई हप्काउँदै भनिरहेका थिए । सरकारबाट स्वीकृति लिएर सञ्चालित म्यानपावर कम्पनीहरूको बैंक खाता हुँदैन भन्नु आश्चर्यको विषय हो । बिदेसिने तयारीमा रहेका र म्यानपावरमा भेटिएका एक युवा साथीमार्फत त्यहाँसम्म आइपुगेको बताउँदै थिए ।

'धेरै पैसा लाग्दैन । साउदी अरेबियामा राम्रो काम छ भन्दै म्यानपावर सञ्चालकले भनेको थियो । विदेश जान भनी ५० हजार पहिल्यै बुझाएँ । भोलि विदेश जानु छ तर आजसम्म टिकट र भिसा हात परेको छैन । म्यानपावरले टिकट र भिसा देखाउँदै पैसा मागेको छ,' उनले भने, 'मुखमा हालेको पहिलो गाँस नै निल्नु कि ओकल्नु भयो ।' यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान