२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

विदेशबाट मतदाता बन्न विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने

२८ आश्विन २०८०, आईतवार ०८:१०

असोज २८, काठमाडौँ | विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० मा यस्तो व्यवस्था गरेको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यविधिको मस्यौदामाथि सुझावका लागि खुला गरिएको जानकारी दिँदै कात्तिक मसान्तभित्र आएका सुझावमाथि छलफल गरेर अन्तिम रूप दिने बताउनुभयो । मस्यौदामा रहेको व्यवस्था परिमार्जन वा सुधार्न नेपाली नागरिक, गैरआवासीय नेपाली सङ्घ तथा अन्य सरोकारवालालाई आग्रह गरिएको छ । 

मस्यौदाको अनुसूची १ मा स्वघोषणाको व्यवस्था गरिएको छ । जसबमोजिम नामावली दर्ता गर्ने क्रममा आफू नेपाली नागरिक रहेको र नेपालको नागरिकता त्याग गरेको तथा रद्द नभएको स्वघोषणा गर्नुपर्ने छ । विदेशमा रहेका नेपाली नागरिकले मतदानको अधिकार पाउनुपर्ने मागलाई सम्बोधन गर्न आयोगले पहलकदमी लिँदै कार्यविधि बनाएर नामावली दर्ता गर्ने तयारी गरेको छ । प्रवक्ता पौडेलले भन्नुभयो, “पहिलो चरणमा विदेशस्थित कूटनीतिक नियोगको सहयोग र समन्वयमा नामावली दर्ता गर्ने काम हुने छ ।” 

कार्यविधिले गरेको प्रस्तावबमोजिम मतदाता नामावली दर्ता गर्ने प्रयोजनका लागि कूटनीतिक नियोगको कार्यालयमा दर्ता स्थल राखिने छ । नियोगले नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोक्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने छ । नियोगमा कार्यरत कर्मचारीमध्ये अधिकृत स्तरको कर्मचारीलाई नाम दर्ता अधिकारी र सहायक स्तरको कर्मचारीलाई दर्ता कर्मचारी तोक्नुपर्ने छ । नियोगले नियुक्त गर्ने कर्मचारीलाई आयोगले प्रशिक्षण दिने छ । 

नाम दर्ता गर्न आवश्यक दर्ता सामग्री भने आयोगले नै व्यवस्था गर्ने छ । अन्य व्यवस्थापकीय कार्य भने परराष्ट्र मन्त्रालयले गर्ने छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र त्यस्तो विषयमा आवश्यक निर्देशन दिन, समन्वय तथा अनुगमन गर्न आयोगका सचिवको संयोजकत्वमा छ सदस्यीय समितिको व्यवस्था गरिएको छ । सो समितिले नामावली दर्ता सहजीकरण गर्नुका साथै नीतिगत निर्णय गर्नुपरेमा आयोगसमक्ष सिफारिस गर्ने छ । 

प्रवक्ता पौडेलका अनुसार कार्यविधि स्वीकृत भएपछि आयोगले बढी चाप हुने राष्ट्रलाई पहिलो प्राथमिकतामा नामावली दर्ता गर्ने छ । आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, मतदाता नामावली दर्ता तथा अद्यावधिक र निर्वाचन शिक्षा कार्यविधिमाथि सुझाव तथा टिप्पणीका लागि परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको थियो । प्रवक्ता पौडेलका अनुसार तीन वटै मन्त्रालयबाट सुझाव र सहमतिसहितको कार्यविधि आइसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान