२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जाडोमा किन धेरै भोक लाग्छ ?

२०८०, १७ मंसिर आईतवार ०८:२६

मङ्सिर १७, काठमाडौँ | के तपाईँलाई चिसो मौसममा बढी भोक लागेको अनुभूति भएको छ ? हामी मध्य अधिकांशले अनुभव गरेको कुरा हो यो, जब जाडो ठाउँमा पुग्छौ, तब खाना बढी रुच्छ। तर किन होला ?

नेशनल कार्डियोक सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलका अनुसार जाडो छल्नको लागि शरीरमा ताप आवश्यक पर्छ। यो तापक्रम उत्पन्न गर्नको लागि शरीरलाई शक्तिको आवश्यक पर्छ। यही क्रममा शरीरभित्र भोक लाग्ने ‘घेर्लिन’ हर्मोन सक्रिय हुन्छ।


त्यो हर्मोनले मस्तिष्कलाई खाना चाहियो भन्ने सन्देश दिइराख्छ। यही समयमा शरीरमा वेशिस मेटावोलिक दर बढ्छ। यही सन्देश मस्तिष्कमा पुगेपछि हामीलाई भोक लागेको अनुभूति हुन्छ र बारम्बार खाने इच्छा जाग्छ। त्यही बेला भोक घटाउने ‘लेप्टिन’ हर्मोन कम हुने हुँदा भोक पनि बढी लाग्ने गर्छ।

यसरी बढी भोक लागेको समयमा बढी खाँदा जम्मा भएका ‘क्यालोरी’ जाडोको कारण हामी खर्च गर्दैनौ। क्यालोरी जम्मा हुँदै जानुले जाडोमा स्वतः तौल बढ्छ। थप शक्ति पुरा गर्नको लागि हामीले बढी मात्रामा प्रोटिनयुक्त खानाहरु खान्छौ नै। त्यसमा पनि मदिरा सेवन गर्नेहरुले बढी मात्रामा मासुजन्य पदार्थ खपत गर्ने तर शारीरिक व्यायाम कम गर्नाले तौल बढ्छ।

वरिष्ठ डाइटिशियन नानीशोभा शाक्यको अनुसार जाडोमा धेरै भोक लाग्ने कारण मानिसहरु जान/अनजान रुपमा बढी खाना पुग्छन्। जाडो मौसममा विवाह, भोजको सिजन पनि पर्छ। भोजको कारणले पनि अरू दिनको तुलनामा नियमित भन्दा बढी खाना खान्छौं।

जाडाको कारण बाहिर हिँडडुल कम हुने भएकोले यो मौसममा शारीरिक सक्रियता पनि कम हुन्छ। यी करणले सुटुक्क तौल बढ्ने गर्छ। अन्य मौसमको तुलनामा जाडोमा तौल बढेको बिरामीहरू सुनाउने गरेको उनले जानकारी दिइन्। ‘मेरो अनुभवमा धेरै बिरामीहरू जाडोमा तौल बढ्ने गरेको सुनाउँछन्’ शाक्यले भनिन्।

अक्सर मानिसहरूलाई गर्मीको तुलनामा जाडो मौसममा धेरै भोक लाग्छ। गर्मी तुलनामा बढी मात्रामा खान्छन्। यसरी खाँदा उनीहरूको तौल सुटुक्कै बढ्छ। तौल बढ्दा स्वास्थ्यमा विभिन्न प्रकारका समस्या आउने भएकोले जाडोमा तौल नियन्त्रण राख्न सजक हुन चिकित्सकको सुझाव छ।

चिकित्सकका अनुसार हरेक वर्ष जाडो मौसमपछि तौल बढ्यो भन्दै आउने बढी छन्। डा. ओम अनिलको एक्कासि तौल बढ्ने समस्या जाडोमा लिएर आउने बिरामी धेरै छन्। तौल बढी भएमा मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल समस्या प्रत्यक्ष बढ्छन्। यसको साथै मुटु तथा फोक्सोमा असर गर्ने, तौल बढेमा हड्डी, नशा, क्यान्सर र नशा सम्बन्धी अन्य रोगहरू लाग्ने जोखिम बढ्छ।

हामीले केही अनुशासन पालना गरेमा जाडोमा तौल नियन्त्रणमा राखेर स्वस्थ जीवन जिउन सकिने उनको सुझाव छ। यसको लागि घाम लागेपछि बाहिरी हिँडडुलमा निस्कने, घरैभित्र गर्न सकिने व्यायमहरु गर्ने, जाडो भयो, भोक लाग्यो भन्दैमा बढी क्यालोरी भएका खानाहरु नखाने र कम क्यालोरी भएका खानाहरु खानु उचित भएको उनको सुझाव छ।

सर्वोत्तम पिठो, तरकारीको सुप बनाएर पिउने, चिनी नराखी बनाइएको हटलेमन, ग्रिन टी जस्ता पेय पदार्थ सेवन गर्न सकिने उनको सुझाव छ।

जाडोमा नियमित व्यायाम नछोड्ने, बढी प्रोटिन र कार्वोहाइडेट भएका खानेकुराहरु कम खाने, फलफूल, सलाद, फाइवर, तरकारीजन्य खानाहरु बढी सेवनमा गरेमा तौल नियन्त्रण गर्न सकिने डा. अनिल बताउँछन्।

जाडोकोमा नाममा मदिरा सेवन गर्ने र त्योसँगै बढी मात्रामा मासुजन्य पदार्थ सेवन नगर्ने गरेमा पनि तौल नियन्त्रणमा राख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला