२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

धरौटी र तारिखमा छुट्न आदेश पाएकाहरू जेलमै

२०८०, १८ मंसिर सोमबार ०७:०२

मङ्सिर १८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले छाड्नु भनी आदेश गरेका कुनै बन्दी पनि आइतबार छुटेनन । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले उक्त प्रकरणमा संलग्नताको अभियोग लागेका केहीलाई धरौटी र साधारण तारिखमा छाड्न आदेश दिएको थियो।

पाण्डे र खरेलको इजलासले जिल्ला अदालत काठमाडौंको असार १ को आदेशअनुसार पुर्पक्षका लागि थुनामा परेका मध्ये पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलगायत अन्य प्रतिवादी इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई धरौटीमा छाड्न अस्वीकार गरेको थियो ।

तर, थुनामा रहेका बाँकी अभियुक्तमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाणका पीए नरेन्द्र केसी र शमशेर मियाँलाई जनही १० लाख, टेकनाथ रिजाल, हरिभक्त महर्जन र रामशरण केसीलाई जनही १५ लाख र सन्दीप रायमाझीलाई ३० लाख लिएर धरौटीमा छाड्न उक्त इजलासले आदेश दिएको थियो। टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई पनि साधारण तारिखमा छाड्न आदेश भएको थियो।

आदेशअनुसार आइतबार नरेन्द्र केसी, हरिभक्त महर्जन र शमशेर मियाँले जिल्ला अदालतमा धरौटी बुझाएका थिए। तर, उनीहरू थुनामुक्त हुन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ। ‘धरौटी बुझाएको पत्र पाउँदा कार्यालय समय सकिएर साँझको ६ बजिसकेको थियो,’ कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराका कारागार प्रशासक ललित बस्नेतले भने, ‘पत्र त्यसअघि नै आएको भए पनि उहाँहरू छुट्ने अवस्था थिएन, किनभने सम्पत्ति शुद्धीकरण र अख्तियारले उहाँहरूविरुद्ध अनुसन्धान गरिरहेको व्यहोरासहित टेकु प्रहरीबाट उनीहरूलाई हिरासतमा बुझाउनु भन्ने पत्र हामीलाई आएको छ।’

बस्नेतका अनुसार, अदालतले साधारण धरौटीमा छाडेको ६ जना र साधारण तारिखमा छाड्नु भनेको ४ जना गरी सबैविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियारले अनुसन्धान गरिरहेकाले हिरासतमा लिनु भन्ने पत्र प्रहरीबाट आएको छ । ‘पत्र पाउँदा कार्यालय समय सकिसकेकाले त्यसको कार्यान्वयन हुन सकेन,’ बस्नेतले भने, ‘भोलि (सोमबार) उहाँहरू सबैलाई प्रहरीको जिम्मा लगाउनेछौं।’

खाणको मुद्दामा तेस्रो न्यायाधीशका लागि पेसी तोकिन बाँकी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वगृहमन्त्री खाणलाई थुन्ने कि छाड्ने भन्ने निर्णय गर्न तोकिनुपर्ने भन्दै तेस्रो न्यायाधीशको इजलास गठन हुन अझै केही दिन लाग्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण