२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाले गरे आत्महत्या

२०८०, २४ मंसिर आईतवार ०३:२०

मङ्सिर २४, काठमाडौँ | नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), एक प्रहरी सहायक निरीक्षक (असई), पाँच प्रहरी हबल्दार, २१ प्रहरी जवान, दुई प्रहरी कार्यालय सहयोगी (प्रकास) समेतले आत्महत्या गरेका छन्।

सात वर्षकै आकडालाई केलाएर हेर्ने हो भने बर्सेनि आत्महत्या गर्नेको संख्या उकालो चढिरहेको छ। प्रहरी कर्मचारीमा देखिएको आत्महत्याको यो चित्र निकै डरलाग्दो रहेको पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल बताउँछन्। 

‘आत्महत्या बढ्नु समाजका लागि निकै घातक विषय हो, त्यसमा पनि प्रहरीमा यस किसिमको आत्महत्या देखिनु सामान्य विषय हुँदै होइन,’ उनी भन्छन्, ‘जो सार्वजनिक शान्तिसुरक्षामा खटिन्छ, अपराध निवारण र अनुसन्धानमा खटिन्छ, त्यो संगठनभित्रका कर्मचारी यत्रो संख्यामा आत्महत्या गरिरहेका छन् भन्ने बुझ्नुपर्छ, स्थिति भयावह छ।’

एकातिर अवसाद (डिप्रेसन) ले आत्महत्याको ग्राफ बढिरहँदा अर्कातिर प्रहरी कर्मचारीमा असमयमै जागिर छाड्ने पनि बढेका छन्। पछिल्ला पाँचवटा आर्थिक वर्षमा पाँच हजार ९६१ प्रहरी कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन्। जसमा तल्लो स्तरका कर्मचारीको संख्या अधिक छ।

त्यसभन्दा माथिल्लो ओहदामा ११ जना वरिष्ठ सई, ५४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), १८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी), ६ जना प्रहरी उपरीक्षक (एसपी), दुई एसएसपी र एक डिआइजीले असमयमै स्वेच्छिक अवकाश लिएका छन्।

स्वेच्छिक राजीनामा दिने मात्रै छैनन्, ड्युटी छाडेर सम्पर्कविहीन हुने प्रहरी कर्मचारीको दर पनि उस्तै छ। प्रहरी प्रधान कार्यालयले त्यस्ता कर्मचारीका लागि बेलाबेला सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन आह्वान गरिरहन्छ। असमयमै जागिर छाड्ने यो लर्कोले प्रहरी संगठनभित्र बढ्दो असन्तुष्टि देखाउने पूर्वडिआइजी मल्ल बताउँछन्।

 ‘प्रहरी कर्मचारीमा धेरै असन्तुष्टि छन्। पेसागत व्यस्तताले व्यक्तिगत र पारिवारिक जीवनमा कैयौं समस्या सिर्जना भएका छन्,’ मल्ल भन्छन्, ‘तिनै असन्तुष्टि र समस्याले असमयमै जागिर छाडिरहेकाहरू धेरै छन्। तनाव झेल्न नसक्नेहरू मानसिक रोग पालेर बस्छन्, कोही आत्महत्यासम्म पुग्न थालेका छन्।’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण