२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

म्यानमारमा मानव तस्करी : पहिलेका पीडित नै अहिलेका अभियुक्त

२५ मंसिर २०८०, सोमबार ०६:०६

मङ्सिर २५, काठमाडौँ | रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याएर ‘साइबर दास’ बनाउने गिरोहका एजेन्टलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। पछिल्लो दुई सातामा पाँचजना पक्राउ परेका छन्। पहिला आफैँ रोजगारीका लागि म्यानमार पुगेकाहरूबाटै अरूलाई पनि फसाइएको अनुसन्धानबाट खुलिरहेको छ। 

प्रहरीले शनिबार बुद्ध तामाङ तथा आइतबार कविता गुरुङलाई पक्राउ गरेको छ। उनीहरूले चिनियाँ गिरोहसँग मिलेर नेपालीलाई अवैध तरिकाले म्यानमार पठाएका थिए। प्रलोभनमा परेर त्यहाँ पुगेकाहरू हालै ६–६ हजार अमेरिकी डलर फिरौती बुझाएर नेपाल फर्किएका हुन्।


प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले एजेन्टहरूमाथिको कारबाहीलाई तीव्रता दिएको हो। दुई साताअघि मात्र ब्युरोले श्रीकृष्ण घले, वाङ्गो लामा र प्रेमा लामालाई पक्राउ गरेको थियो। म्यानमारबाट हालै फर्केका पीडितहरूको उजुरी आउन थालेसँगै पक्राउ पर्नेहरू बढेका हुन्। मानव बेचबिखनको अपराधमा पीडितको जाहेरी नभई पक्राउ गर्न नमिल्ने प्रावधान छ। 

ब्युरोका प्रमुख जीवनकुमार श्रेष्ठले म्यानमारमा सयौँ नेपालीलाई पठाएर त्यहाँ बन्धक बनाएर अवैध काममा लगाउने गिरोहका एजेन्टमाथि कारबाहीलाई तीव्रता दिइएको बताए। ‘केहीलाई पक्राउ गरेका छौँ, अरू खोजीमा छन्,’ उनले भने, ‘यसमा संलग्न कतिपय चिनियाँ भाषाका दोभाषेहरू छन्।’ 

म्यानमारको म्यावडी भन्ने स्थानमा चिनियाँहरूको क्याम्पमा करिब एक वर्ष बसेर फिरौती बुझाई नेपाली युवा फर्किएका छन् । त्यहाँ अनलाइन स्क्यामिङको काम लगाइएको र लक्ष्यअनुसार काम गर्न नसक्दा चरम यातना दिएको उनीहरूले बताएका छन् । नेपाल फर्कन खोज्नेलाई ६ हजार अमेरिकी डलरमा किनेको भन्दै सोबराबर रकम माग्दै यातना दिने गरिएको छ । धेरैजना हालै फिरौती बुझाएर फर्किएका छन् । हाल त्यहाँ द्वन्द्व चलेकाले उद्धारको काम पनि हुन सकेको छैन, जसकारण पीडितहरू फिरौती बुझाउन बाध्य छन् । 

आइतबार पक्राउ परेकी कविता पहिला आफैँ रोजगारीका लागि म्यानमार गएकी थिइन्। त्यहाँ उनी करिब एक महिना काम गरेर फर्किइन्। अन्य व्यक्तिहरूलाई फसाएर उनी फर्कन सफल भएकी थिइन्। नेपाल आएपछि थप व्यक्तिलाई पठाउने काम गरिन्। त्यसरी पुगेका मकवानपुरका दुई युवक गत असोजमा फर्किएका थिए। ‘म त काम गर्न नसकेर फर्किएको हुँ, तपाईंहरूले महिनामा एक लाखभन्दा धेरै सजिलै कमाउन सक्नुहुन्छ भनेर विश्वासमा पारिन्,’ पीडित युवकले सुनाए। कविता चिनियाँ भाषाकी दोभाषे हुन्। उनको चिनियाँ गिरोहसँग पनि राम्रो सम्बन्ध छ। 

दुई साताअघि पक्राउ परेका श्रीकृष्ण घले र वाङ्गो लामा पनि पहिला आफैैँ म्यानमारमा फसेर फर्किएका व्यक्ति हुन्। उनीहरूले चिनजानका व्यक्तिलाई राम्रो जागिर रहेको भन्दै झुक्याएर फसाएका थिए। उनीहरूसहित पीडित अन्य व्यक्तिको उजुरीपछि उनीहरूलाई ब्युरोले पक्राउ गरेको हो। चिनियाँ गिरोहले एकमार्फत अर्कोलाई फसाउने ट्र्याप नै बनाएको ब्युरोका प्रहरी अधिकारी बताउँछन्। 

शनिबार पक्राउ परेका बुद्ध तामाङ धादिङका एक युवाको जाहेरीका आधारमा पक्राउ परेका हुन्। उनीसहित सुनिता नेपालीले ती युवकलाई चिनियाँसँग मिलेर म्यानमार पठाएका थिए। सुनिता गत साउनमा यस्तै प्रकृतिको अर्काे मुद्दामा पक्राउ परेकोमा हाल पुर्पक्षका लागि थुनामा छिन्। यस्तै घटनामा तीनजना चिनियाँ नागरिक पनि जेलमा छन् । अहिले पनि म्यानमारमा सयौँ नेपाली चिनियाँको क्यापमा बन्धक बनेर अवैध काम गर्दै आएका छन् । उद्धारका लागि आग्रह हुँदा पनि सरकारबाट सहयोग नपाएको उनीहरू बताउँछन्। म्यानमारस्थित नेपाली दूतावासका अधिकारीहरू भने उद्धारका लागि आफूहरूले पहल गरे पनि द्वन्द्व चलिरहेकाले उद्धारमा समस्या भएको बताउँछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल