१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

युक्रेनी सेनाको नियन्त्रणमा रहेका विवेकलाई छाड्न युक्रेनको सर्त : नेपालमा पनि जेलमा राख्नुपर्छ

२७ मंसिर २०८०, बुधबार ०८:२७

मङ्सिर २७, काठमाडौँ | युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ। तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न नेपाल सरकार तयार भए मात्र रिहाइको प्रक्रिया अघि बढाउन सकिने सर्त राखेको छ। 

नेपालले खत्री र काभ्रेका सिद्धार्थ ढकालको रिहाइका लागि कूटनीतिक प्रयास गरेकामा युक्रेन सरकारले यस्तो सन्देश पठाएको हो। उसले ढकालको गिरफ्तारीबारे भने अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन।


परराष्ट्र मन्त्रालय स्रोतका अनुसार युक्रेनले रुसी सेनामा कार्यरत रहेका अन्य विदेशी नागरिक पनि आफ्नो नियन्त्रणमा रहेको र उनीहरू सबैलाई रिहा गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै नेपालीलाई मात्रै विनासम्झौता छाड्न नसकिने सन्देश पठाएको छ। ‘खत्रीलाई अपराधीका रूपमा नेपालले स्वीकार गर्ने र उनलाई जेलमा राख्ने सर्तसहित नेपाल र युक्रेनबीच समझदारीपत्र (एमओयू) हुनुपर्ने युक्रेनको प्रस्ताव आएको रहेछ। यसमा के गर्ने भन्ने निक्र्योल गर्न बाँकी छ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि यसबारे जानकारी गराइसकेको छ। 

जानकार स्रोतका अनुसार रुसी सेनामा भर्तीका लागि नेपालीहरू रुस गएको विषयमा युक्रेनले असन्तुष्टि जनाएको छ । ‘उनीहरूले नेपालको नीति के हो भनेर सोधेका रहेछन्, नेपालले रुसी सेनामा भर्ती हुन निरुत्साहित गरेको र रुसलाई पनि भर्ती भएका नेपालीलाई फिर्ता गर्न आग्रह गरिसकेको जानकारी गराएको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘युक्रेनमा रुसले हमला गरेकामा नेपालले विरोध जनाएको, बेलायत र भारतमा बाहेक विदेशी सेनामा भर्ती गर्ने नेपाल सरकारको नीति नरहेको भनेर हामीले जवाफ दिएका छौँ।’ बर्दियाका खत्री असोज अन्तिम सातादेखि र काभ्रेका ढकाल मंसिर दोस्रो सातादेखि युक्रेनी सेनाको नियन्त्रणमा छन्। नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार