२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पृथ्वीमा पनि ‘ब्ल्याकहोल’ !

२९ मंसिर २०८०, शुक्रबार ०८:५५

मङ्सिर २९, काठमाडौं | ब्ल्याकहोल अन्तरिक्षमा रहेका अँध्यारा गुरुत्वका केन्द्रहरू हुन् । वैज्ञानिकका अनुसार यी केन्द्रहरूले भीमकाय तारापुञ्ज (ग्यालेक्सी) आफ्ना वरिपरि फनफनी नचाउने गर्छन् । यी पिण्डहरूको गुरुत्व यति शक्तिशाली छ कि ताराको प्रकाश पनि यहाँ हराउँछन् । हालसम्मको अनुसन्धानमा यस्ता डरलाग्दा भवसागरीय अँध्यारा पिण्डहरू सयौं चम्किला ताराहरूको जीवन समाप्तिसँगै बन्न गएको ठहर वैज्ञानिकको रहेको छ ।

नेपाली र हिन्दीमा यस्ता पिण्डलाई ‘कृष्ण छिद्र’का नामले जनाउन थालेको पाइन्छ । दूरीका हिसाबले हजारौं प्रकाश वर्ष टाढा रहेका यस्ता महापिण्डको वरिपरि घुम्ने सूर्यजस्ता तेजिला र ठूला प्रकाश पिण्डहरू पनि कुनै न कुनै दिन यी कृष्ण छिद्रहरूमा विलिन हुन पुग्छन् । भनिन्छ, यस्ता कृष्ण छिद्रहरूले तारागण निरन्तर निलिरहेका छन् ।


प्रकाशले अन्तरिक्षमा एक वर्षमा पार गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ । प्रकाशको गति आफैमा ३ लाख किलोमिटर प्रतिसेकेन्ड हुन्छ । यस हिसाबले हजारौं प्रकाश वर्ष टाढा रहेका यस्ता कृष्णछिद्र कति शक्तिशाली होलान् र सूर्यजस्ता पिण्ड निलिरहेका होलान् ? यो जोकोही साधारण मानवका लागि नपत्याउने विषय जस्तै हो । तर, यो कुरा यथार्थ हो ।

ब्ल्याकहोल वा कृष्णछिद्रमा रहेको महाशक्ति भनेको यिनमा रहेको गुरुत्व बल नै हो । पिण्ड जति ठूलो भयो, गुरुत्व बल उति नै बढी नै हुन्छ । यही शक्तिका कारण सयौं प्रकाश वर्ष टाढा रहेका साना ठूला पिण्डलाई कृष्णछिद्रले तानिरहेको हुन्छ । यस खगोलमा यस्ता कृष्णछिद्र साना पृथ्वीजस्ता आकारका पनि रहेका हुन्छन् ।

ब्ल्याकहोल वा कृष्णछिद्र बुझ्नका लागि हामीले हाम्रो पृथ्वीमा कहिलेकाहीँ देखिने वायुमण्डलीय वा जलमण्डलीय गतिविधिलाई सूक्ष्म रूपमा नियाल्न सक्छौं । कहिलेकाहीँ रहस्यमय रूपमा पानीजहाज तथा हवाईजहाज हराएको कुरा आफ्नै कानले सुन्ने पनि गरेका छौं । यस पृथ्वीमा कहिलेकाहीँ निर्माण हुन जाने ससाना कृष्णछिद्ररूपी भौतिक गतिविधिका कारणले नै हो ।

महासागर र समुद्रमा सुनामी आउँदाका बखत पानीको छालको उचाइ र गतिनुसार विशाल क्षेत्र ढाक्दै मडारिएको पानीको रासीभित्र डरलाग्दा र प्रलयकारी कृष्णछिद्रहरू बन्ने गर्छन् । ठूलाठूला मरूभूमिमा हजारौं किलोमिटरसम्मका समथर मैदानहरूमा घण्टौं चल्ने आँधीहुरीभित्र पनि यस्ता ब्ल्याकहोल बनिरहेका हुन्छन् ।

समुद्री तटका बस्तीहरूमा कहिलेकाहीँ घाम लागिरहेकै समयमा आकाशबाट माछा वर्षा हुन्छन् । यो आफैमा आश्चर्यको कुरा हो । तर, यो सम्भव छ र भई पनि रहेको छ । महासमुद्रमा चल्ने महाविनाशक चक्रवात हुरीले समुद्रको पिँधसम्मको पानी उठाएर माथिमाथि आकाशमा पु¥याएर पानीसँग आएका ठोस वस्तु हावामा यताउति हु-याउँदा माछाहरू यी बस्ती र सहरहरूमा खस्न पुग्छन् । कहिलेकाहीँ त शार्क, ह्वेल, सिलजस्ता ठूला माछा आकाशबाट वर्षा हुने गर्छन् । त्यो आँधीहुरीमा बनेको कृष्णछिद्रका कारणले नै हुनगएको हो ।

पृथ्वीजस्तो अत्यन्तै सानो पिण्डमा रहेको हावा र पानीमा त यसरी ब्ल्याकहोलहरू बन्ने गर्छन् भने साच्चिकै ब्रह्माण्डीय ब्ल्याकहोल वा कृष्णछिद्रमा कल्पना पनि नगरिएको शक्ति हुन्छ । तिनले अहिलेसम्म सूर्यभन्दा ठूला अर्बौं ताराहरू निलिसकेका छन् र निल्दै पनि गरिरहेका छन् । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान