१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता

१ पुष २०८०, आईतवार ०३:३५

पुस १, काठमाडौं | साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई स्वदेश फर्किन नदिएको बताएका छन् ।

‘मैले काम गर्ने कपिलको मजरामा हामी ३२ जना नेपाली छौं, सात जना नेपाली साथीको २ सालको कन्ट्याक्ट सक्किएर पनि अरू ३ महिनाको अकमा लगाइदिएको थियो,’ प्रेमले भने, ‘अब त्यो ३ महिनाको अकामा पनि डिसेम्बर १५ तारिखमा सकियो र सबै साथीहरू काम नगर्ने घर जाने भन्दै छन्, तर पनि कपिलले म तिमीहरू कसैलाई फिनिसमा घर पठाउँदिन, तिमीहरू सबैको अकासमा लगाइदिन्छु तिमीहरू काम गर भन्छ । अब हामी के गर्ने ?’

उनीहरूले आफूहरूलाई काम गर्न धेरै गाह्रो भएको पनि बताएका छन् । ‘यहाँ हामीहरूलाई काम गर्न धेरै गारो भएकाले कोही पनि बस्न चाहँदैनन्, तर कपिलले जबर्जस्ती गर्दै सबैलाई थर्काउँछ अब साथीहरूको कन्ट्याक सकिँदा पनि घर जान पाइँदैन,’ उनले थपे ।

कम्पनीले समयमा तलब पनि नदिने गरेको र बल्लबल्ल केही महिनाको दिए पनि अझै एक महिनाको तलब पाउन नसकेको उनीहरूले बताएका छन् ।

‘मेरो २ वर्षको करार अवधि सकिएर पनि अहिले २८ महिना चल्दैछ, सबै साथीहरू फिनिस जाने भनेर बारम्बार कपिललाई भन्दा पनि टेर्दैन, अनि अहिले मान्छे छैन काम गर म तिमीहरूको अर्कामा लागाइदिन्छु भन्छ, धम्क्याउँछ, के गर्ने होला रु साथीहरू सबै मधेश प्रदेशका छन् । बाझ्न, झगडा गर्न डराउँछन् हामीलाई जसरी भए पनि यहाँबाट निकाल्नु प¥यो,’ उनले थपे । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार