२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

विमानस्थलबाट​​​​​​​ सुन तस्करीमा नागरिक उड्डयनकै कर्मचारीको संलग्नता

२०८०, ३ पुष मंगलवार ०६:३४

पुस ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा नागरिक उड्डयन कार्यालयकै कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । त्यहाँका चार कर्मचारीलाई भन्सारले पक्राउ गरेको छ । उनीहरूले विगतमा पटक–पटक सुन पास गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । दुईजना स्थायी र दुईजना करारका कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताए । उनले भने, ‘नागरिक उड्डयनका चार कर्मचारी नियन्त्रणमा छन्, उनीहरूको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’ नागरिक उड्डयनका कर्मचारी सुन तस्करीमा पक्राउ परेको पहिलोपटक हो । भन्सार, एयरलाइन्स र प्रहरीका कर्मचारी भने विगतमा पनि पक्राउ परेका थिए । 


पक्राउ परेकाहरू तल्लो तहका कर्मचारी हुन् । पक्राउ पर्नेमा प्लम्बर, सुरक्षागार्ड तथा अप्रेटरहरू रहेको भन्सार स्रोत बताउँछ । उनीहरूले विमानस्थलको सुरक्षा कमजोरी पत्ता लगाई सुन पास गराउने गरेका थिए । विमानस्थलमा सरसफाइको काम गर्ने तीन कर्मचारी पनि पक्राउ परिसकेका छन् । विदेशबाट आउनेसँग शौचालयमा सुन लिने र उनीहरूले फोहोरभित्र राखेर पास गराउँदै आएका थिए । यसरी लामो समयदेखि सयौँ केजी सुन तस्करी भइसकेको आशंका गरिएको छ । 
ad
गत २२ मंसिरमा भन्सारले १४ किलो सुन बरामद गरेपछि यसमा छानबिन सुरु भएको हो । दुबईबाट आएका मीनबहादुर घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उनीजस्तै विगतमा सुन ल्याउने श्रीकृष्ण श्रेष्ठ पनि पक्राउ परेका छन् । तस्करीको व्यवस्थापनमा संलग्न चन्द्र घलेसहित १० जना पक्राउ परिसकेका छन् ।
सुन तस्करी गर्ने भरियाहरूले पाँच रुपैयाँको नोट लिएर जाने, सो नोट दुबईका एजेन्टलाई दिने गर्दथे । ती एजेन्टहरूले उनीहरूलाई सुन दिएर पठाउने गरेको खुलेको छ । ‘एक तहबाट अर्काे तहबीच सम्बन्ध टुटाएर संगठित रूपमा तस्करी हुने गरेको देखिन्छ,’ भन्सार प्रमुख पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण