२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सन्दीपविरुद्धको मुद्दा: गौशाला २६ का चार वटा जन्ममिति- अदालतले कुनलाई ठहर्‍याउला सही ?

२०८०, १० पुष मंगलवार ०५:४४

पुस १०, काठमाडौं | लामो प्रतीक्षापछि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसलाको छेकोमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दाले सम्भवतः यसै साता किनारा पाउनसक्छ ।

धेरै पटक विभिन्न बहानामा सर्दै आएको फैसला सुनुवाइ आइतबार जिल्ला अदालतमा सुरु भएको थियो । न्यायाधीश ढकालले कुनै बहाना नखोजी सुनुवाइ थालेर मुद्दालाई हेर्दाहेर्दैमा राखे । यसको अर्थ अब दैनिक सुनुवाइ हुनेछ र ढकालले नै यो मुद्दाको फैसला गर्नेछन् ।

हिजो र भोलि सार्वजनिक बिदा भएकाले अदालत बन्द रह्यो । बुधबार सुनुवाइले निरन्तरता पाउनेछ । यसअघि नै दुवैतर्फका वकिलहरुले बहस नोट पेश गरिसकेको हुँदा बहस धेरै नलम्बिने अपेक्षा छ । यद्यपि, कानून व्यवसायीहरु धेरै भएकाले अझै कम्तीमा दुई दिन लाग्नसक्ने अदालत स्रोत बताउँछ ।

यो मुद्दाको फैसलामा जाहेरीकर्ता गौशाला २६ को उमेरलाई सबैभन्दा ‘निर्णायक’ ठानिएको छ । सन्दीपले गौशालामाथि जबरजस्ती सम्बन्ध राखेको कुनै पनि संकेत र प्रमाण नभेटिएको हुँदा उमेर नै प्रधान बन्न गएको हो । कानूनतः यदि जाहेरीकर्ता नाबालिग (१८ वर्षभन्दा कम) भएमा राजीखुशीले राखेको सम्बन्ध पनि बलात्कार ठहरिन सक्छ ।

वादी पक्षका वकिलले सन्दीपसँग भेट हुँदा गौशाला २६ उमेरले नाबालिग रहेको दाबी गरिरहेका छन् । प्रतिवादी पक्षले भने त्यसबेला उनको उमेर १८ कटिसकेको जिकिर गरेका छन् । दुवै पक्षले आआफ्नो दाबीलाई सहयोग पुग्ने कागजातहरु अदालतमा पेश गरेका छन् । सबै कागजात हेर्दा गौशालाका चार वटा फरक फरक जन्ममिति भेटिन्छन् ।

वादी पक्षको दाबीअनुसार गौशालाको जन्ममिति २०६२/०३/१८ हो । उनीहरुले यो जन्ममिति उल्लेख भएका तीन वटा डकुमेन्ट पेश गरेका छन् । ती डकुमेन्टमा गौशाला २६ ले दोस्रो पटक निकालेको जन्मदर्ताको प्रतिलिपि, नागरिकता र एसईईको प्रमाणपत्र छन् । यी तीन वटा डकुमेन्टमा जन्ममिति २०६२/०३/१८ लेखिएको छ । यसअनुसार गौशालाको उमेर सन्दीपलाई भेट्दा १७ वर्षमात्र थियो ।

यता प्रतिवादी पक्षले ११ वटा कागजात पेश गरेका छन्, जसमा गौशालाको जन्ममिति २०६१ साल उल्लेख छ । गौशाला जन्मेको नारायणी अस्पताल वीरगञ्जको रेकर्डमा जन्ममिति २०६१/०२/१८ लेखिएको छ । त्यसपछि उनले नुवाकोटको एउटा वडाबाट पहिलो जन्मदर्ता निकालेकी थिइन् । अस्पतालको रेकर्ड र पहिलो जन्मदर्तामा एक महिना फरक देखिन्छ । जन्मदर्तामा गौशालाको जन्ममिति लेखिएको छ, २०६१/०३/१८ । यही जन्ममिति अधिकांश डकुमेन्टमा छन् ।

काठमाडौंको शंकरापुरबाट गौशालाको परिवार नुवाकोट बसाइ सरेको थियो । बसाइसराइका लागि भरेको फारम र वडाको रेकर्डमा जन्ममिति २०६१/०३/१८ उल्लेख छ । यही जन्ममितिलाई प्रमाणीकरण गरेर वडा कार्यालयले अदालतलाई पत्रसमेत पठाएको थियो । त्यसअघि गौशालाको परिवारले शंकरापुरबाट लिएको बसाइसराइको पत्रमा पनि यही मिति उल्लेख छ । यही जन्ममितिलाई अदालतले सदर गर्‍यो भने सन्दीपले मुद्दामा सफाइ पाउन सक्नेछन् ।

यता, गौशालाको चौंथो जन्ममिति पनि भेटिएको छ शंकरापुरमा । त्यहाँको ढड्डामा जन्ममिति सच्याएर २०६३ साल बनाएको पाइएको हो । कतिलाई सच्याएर २०६३ बनाइएको हो भन्ने स्पष्ट खुल्दैन । त्यस पालिकाको कम्प्युटर रेकर्डमा पनि २०६३/०३/१८ उल्लेख छ । तर, जन्ममिति २०६३ साल भनेर गौशालाका वकिलहरुले पनि दाबी गरेका छैनन् । शंकरापुरको रेकर्डमा जन्ममिति कहिले र किन सच्याइएको हो भन्ने पनि स्पष्ट भएको छैन ।

उमेरसम्बन्धी कागजातहरु विवादित भएको खण्डमा न्यायाधीशले सबैभन्दा पुरानो कागजलाई आधिकारिकता दिने प्रचलन छ । बालिबालिकासम्बन्धी ऐन २०७५ ले यो विषयलाई सम्बोधन गरेको छ । सो ऐनले उमेरको छिनोफानो गर्न पाँच वटा कागजातलाई आधार बनाएको छ, जसमा नागरिकता पर्दैन ।

ऐनअनुसार सबैभन्दा पहिले अस्पतालबाट जारी भएको बालबालिकाको जन्मदर्तामा उल्लेखित जन्ममिति हेरिन्छ । उक्त जन्मदर्ता नभएमा स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिलाई आधार बनाइन्छ । यो पनि नभएको खण्डमा विद्यालयको चारित्रिक प्रमाणपत्र वा विद्यालय भर्ना हुँदाको बखत उल्लेख गरिएको जन्ममिति हेर्नुपर्छ ।

त्यो पनि नभए अस्पतालबाट प्रमाणित उमेरसम्बन्धी कागजात र त्यो पनि नभए जन्मकुण्डली, चिना टिपोट, बाबुआमाले खुलाइदिएको उमेर आदि प्रमाण हेरिन्छ । यो ऐनले व्यक्तिको नागरिकतालाई भने कुनै महत्व दिएको छैन । ऐनले उल्लेख गरेका पाँच वटा आधार हेर्दा गौशाला २६ नाबालिग रहेको दाबी कमजोर हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल