१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

राम मन्दिरको उद्घाटनमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद

१० पुष २०८०, मंगलवार ०६:४४

पुस १०, काठमाडौँ | भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद उत्पन्न भएको छ। २२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरधामबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहँदा जानकी मन्दिरका महन्थहरूबीच विवाद चुलिएको हो।

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरधामबाट कपडा, फलफूलसहितका कोसेलीले भरिएका ११ सय थाल पठाउने तयारी भइरहेको थियो। तर, अब मन्दिरका मुख्य महन्थ राम तपेश्वर दास वैष्णवले कोसेली नपठाउने प्रतिक्रिया दिएका छन्।


तीन दिनअघि मन्दिरका छोटा महन्त रामरोशन दासले पत्रकार सम्मेलन गरी भारतको आयोध्यमा हुने राम मन्दिरको उद्घाटन समारोहमा रामको ससुराली जनकपुरधामबाट विभिन्न प्रकारका कोसेली पठाउने बताएका थिए।

जानकी मन्दिरबाट पठाइने भनिएको केसेलीमा मन्दिरको कुनै संग्लनता नरहेको मुख्य महन्त रामतपेश्वरले आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।

मन्दिरका दुई महन्थबीचको विवादका कारण अयोध्या कोसेली पठाउने वा नपठाउने विषयमा अन्यौल उत्पन्न भएको छ। -सुरेन्द्र यादव /नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार