२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास

२०८०, ११ पुष बुधबार ०७:२२

पुस ११, काठमाडौं | एक वर्षको अवधिमा सोचेअनुसार सरकारका विभागीय मन्त्रीहरूले काम गर्न नसकेको भाष्य निर्माण गरेर मन्त्रीहरूको कार्य सम्पादनमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री हेरफेरको प्रयासमा छन्।

प्रधानमन्त्री दाहालले केही दिनयता मन्त्री परिवर्तन गरेर भए पनि अबका वर्ष जनताले महसुस गर्ने गरी सुशासन, विकास र सेवा प्रवाहमा सरकारले काम गर्ने दोहोर्‍याउँदै आएका हुन् ।

केही दिनदेखि लगातार मन्त्री हेरफेर गरेर भए पनि विकास निर्माणको कार्यलाई गति दिने बताउँदै आए पनि सत्ता गठबन्धनको मुख्य साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्।

माओवादी केन्द्रका नेताहरूले समेत मन्त्रीमण्डल परिवर्तन गर्नेबित्तिकै सबै समस्या समाधान भइहाल्ने अवस्था नरहेको बताएका छन्।

सरकारमा मन्त्री फेरबलदका सन्दर्भमा नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले भने– ‘मन्त्री फेरबदलले मात्रै वर्तमान समस्या समाधान हुँदैन। नेताहरूलाई पालो पुर्‍याउनकै लागि मन्त्रिपरिषद् पुनर्गठन गर्नु छुट्टै कुरा हो, तर अहिलेको अर्थराजनीतिक व्यवस्थालाई नै विस्तारै परिवर्तन गर्दै लैजानुपर्छ । व्यक्ति परिवर्तन भएर मुलुकको अवस्था रूपान्तरण हुँदैन।’

माओवादीको पदाधिकारी बैठकमा समेत प्रधानमन्त्री ‘प्रचण्ड’ ले सरकारका मन्त्री हेरफेरबारे छलफल चलाउनुभएको थियो। यस विषयमा माओवादी तयार रहे पनि गठबन्धनमा रहेका अन्य दलले सहमति जनाएका छैनन्।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने अहिले नै मन्त्री परिवर्तनको पक्षमा छैन। प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति देउवासँग मन्त्री हेरफेरको प्रस्तावमा सभापति देउवाले सकारात्मक संकेत नदेखाएको बालुवाटार स्रोतको भनाइ छ।

प्रधानमन्त्री दाहाल अर्थमन्त्री डा. प्रकाशशरण महत, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भौतिकमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराँती, कृषिमन्त्री वेदुराम भुसाल, उद्योगमन्त्री रमेश रिजालसहित करिब दर्जन मन्त्रीहरूको कामप्रति सन्तुष्ट छैनन्।

उनी अर्थ मन्त्रालय आफूले राखेर गृह मन्त्रालय कांग्रेसलाई दिएर जाने पक्षमा देखिए पनि कांग्रेस सभापति आफ्ना विश्वास पात्र डा. प्रकाशशरण महतलाई अहिले नै फिर्ता बोलाउने पक्षमा नभएको स्रोतको दाबी छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण