२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नैतिक संकटमा तीन मन्त्री

१७ पुष २०८०, मंगलवार ०३:२८

पुस १७, काठमाडौँ | ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्।

आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडी तोडफोड भएको, सुरक्षाकर्मीले मन्त्रीलाई जोगाउने क्रममा गोली चलाउँदा वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो। श्रममन्त्रीले समस्यालाई समयमै सुल्झाउन नसक्दा युवाहरू त्यसरी आन्दोलित हुनुपरेको थियो।

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) मा सिप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाले शुक्रबार इपिएस शाखा कार्यालय ग्वार्कोनजिक आन्दोलन गरिरहेका बेला मन्त्री ज्वाला त्यही बाटोबाट झन्डावाला गाडीमा सवार भएका थिए।

 इपिएसको कार्यालयअगाडि सयौं युवा बिहीबारैदेखि आन्दोलन गरिरहेको र त्यो आन्दोलनले शुक्रबार पनि निरन्तरता पाएको अवस्थामा मन्त्री ज्वालाले भने आफूलाई त्यसबारे जानकारी नै नभएको र सुरक्षाकर्मीले खबरसमेत नगरेको भनेर जोगिने प्रयास गरिरहेका छन्। त्यसैगरी श्रममन्त्री भण्डारीले भने अहिलेसम्म कुनै अभिव्यक्ति दिएका छैनन्। मानौं,उनी यो घटनाभन्दा टाढै छन्।

‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवालजवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ। त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टीको बैठकस्थलमा पुर्‍याएको रहेछ। इपिएसका कर्मचारी पनि जिम्मेवार बनेको देखिएन,’ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिमा बताएका छन्।

गृहमन्त्रीको यस्तो भनाइका कारण मन्त्री ज्वालामाथि पदमा बसिररहन नैतिक संकट उत्पन्न भएको छ। तर उनी सोमबारसम्म पनि प्रस्टीकरण दिँदै हिँडिरहेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै