२८ चैत्र २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

साउनयता बिदेसिनेमा दक्ष जनशक्ति बढी

१८ पुष २०८०, बुधबार ०७:२८

पुस १८, काठमाडौँ | स्वदेशमा रोजगारी नपाउँदा धेरै युवा बिदेसिने गरेका छन्। वैदेशिक रोजगारी नेपाली युवाका लागि रहर नभई बाध्यता हो। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै करिब तीन लाख युवा जनशक्ति रोजगारीका लागि बिदेसिएको छ।

यसरी बिदेसिएको जनशक्तिमा १ लाख ९५ हजार ४६५ दक्ष, ५७ हजार ६८९ अदक्ष र २३ हजार ६८३ अर्धदक्ष छ। यसै अवधिमा उच्च दक्षता भएका २३८ र व्यावसायिक कामका लागि ५१७ युवा वैदेशिक रोजगारीमा गएका छन्।  

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट रोजगारीको खोजीमा विदेशी श्रम बजारमा जाने युवा जनशक्तिमा अधिकत्तर दक्ष छ।  


मुलुकमा अवसर नपाएपछि सुन्दर भविष्यको सपना बोकेर युवा जनशक्ति बिदेसिने क्रम जारी छ। वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली महिलामध्ये अधिकत्तर खाडी मुलुक जाने गरेको विभागका अधिकारी बताउँछन्।

गत मंसिरमा ७१ हजार २७६ युवा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेसिएका छन्। रोजगारीका लागि संस्थागत र व्यक्तिगत गरी दैनिक औसत २५ सयभन्दा बढी युवा बिदेसिएका छन्।

वैदेशिक रोजगारीलाई नियमन गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको विकल्प खोजिने बताउँदै आए पनि त्यस्तो हुन सकेको छैन। श्रम मन्त्रालयले वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमै युवालाई रोजगारीको अवसर निर्माण गरिने बताए पनि तत्काल यो सम्भव नरहेको श्रमविज्ञ बताउँछन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई गरेको पक्राउ कानुनी प्रक्रिया विपरीत रहेको ठहर बढ्यो सुनको भाउ , कतिमा हुँदैछ कारोबार ? वैदेशिक रोजगार व्यवसायीहरुको अन्तिम चुनावी सभा सम्पन्न, कसको पल्ला भारी ? आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे