२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पाँच दिनदेखि ललितपुर प्रहरी परिसर प्रमुखबिहीन, कसको सम्भावना?

१८ पुष २०८०, बुधबार ०७:३८

पुस १८, काठमाडौँ | ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घट्नापछि ललितपुर प्रहरी परिसर ५ दिनदेखि प्रमुखबिहीन छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सरुवा गरिएको पाँच दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले कसैलाई नपठाउँदा उक्त पद खाली छ। अहिले निमित्त प्रमुखमा एसपी नवराज कार्की रहेका छन्। 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गृह मन्त्रीस्तरीय निर्णयबाट हुने प्रावधान छ। गृहमन्त्रीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भएकाले उनले आफू निकटका प्रहरी अधिकारी खोजेका कारण तत्काल जान नसकेको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ। 


केहीदिन अघि मात्रै राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री श्रेष्ठले सरुवा बढुवामा आफूले हस्तक्षेप नगर्ने बताएका थिए। तर, ललितपुर प्रहरी परिसरमा अझै पनि प्रमुख पठाउन नसक्नुमा उनकै सचिवालयको टिम बाधक रहेको स्रोतको दावी छ।

प्रहरी प्रधान कार्यालयले एसएसपीत्रय दिनेश आचार्य , राजेन्द्र भट्ट र दिनेश मैनालीमध्ये एक जनालाई पठाउन खोजेको छ।  

त्यहा जान अन्य एसएसपीहरुले पनि चलखेल गरेका कारण प्रहरी प्रधानकार्यालयले पठाउन सकेको छैन। केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका एसएसपी दिनेश आचार्य र ट्राफिक महाशाखामा रहेका राजेन्द्र भट्ट र उपत्यका प्रहरी कार्यालयमा कार्यरत मैनाली मध्ये एकलाई पठाउने गरी प्रहरी प्रधानकार्यालयको तयारी थियो। ‘कुनै शक्ति केन्द्रको दबाब नदिएमा प्रहरी प्रधानकार्यालयले उनीहरु मध्ये एकलाई पठाउने तयारी गरेको छ’, स्रोतले भन्यो।  

एसएसपी भैसकेपछि कही कतै इन्चार्ज नपाएका आचार्य र भट्ट र मैनालीको संभावना रहेको स्रोतले जनाएको छ। मैनालीलाई उपत्यकाका प्रवक्ता भएको र विगतमा पनि इन्चार्जमा काम नगरेकाले त्यहाँ पठाउन लागिएको हो। एसएसपी भट्ट अहिले ट्राफिक महाशाखामा प्रवक्ताको रुपमा रहेका छन्। उनको त्यहाँ १४ महिना भैसकेको छ। आचार्य पनि सिआइबीमा कार्यरत छन्। आचार्यले ६० किलो सुन तस्करीमा हङकङ पुगेर अनुसन्धान समेत गरेका थिए।

‘सिनियर प्रहरी अधिकृत आचार्य र भट्ट हुन नै भएकाले प्रहरी महानरिक्षकको बसन्त कुवरले पनि उहाँहरु मध्ये एकलाई परिसरको प्रमुख बनाएर पठाउने चाहना रहेको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। उनीहरुबाहेक केही अधिकृतहरु क्षमताका आधारमा केहीचाहि  शक्तिका आधारमा ललितपुर जिल्लाको इन्चार्ज हुन लागिपरेका छन्। 

केही एसएसपीहरुले गृहमन्त्री श्रेष्ठको टिमलाई भेटेरै आफूलाई पठाउन भनिरहेका छन्। केहीले शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको सचिवालयमा पनि पहुँच पुर्याउन थालिसकेका छन्। ‘कमाण्ड गर्ने चाहना सबैलाई हुन्छ, शक्तिको आडमा नलागी केही हुँदैन’, दौडधुपमा रहेका एक एसएसपीले भने।  

हिमालय कुमार श्रेष्ठ, शेखर खनाल, विश्व अधिकारी, दिपक रेग्मी, सानुराम भट्टराई, प्रविण पोखरेल, मुकुन्द मरासिनी, रेवती ढकाल, ललितपुर परिसर जान पाए हुन्थ्यो भन्नेमा  छन्।  

ललितपुरको बालकुमारीमा शुक्रवार प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने दुई जना युवकले ज्यान गुमाएपछि त्यहाँका प्रमुख एसएसपी शाहलाई प्रधानकार्यालय सरुवा गरिएको थियो । उनी एक वर्षअघि ललितपुर परिसरको कमाण्ड गर्न पुगेका थिए। उनको सरुवा अवधि पनि पुगेकाले प्रधानकार्यालयले तानेको हो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने