१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भिजिट भिसामा जान यी ६ वटा कागजात आवश्यक पर्ने

१० माघ २०८०, बुधबार ०३:४१

माघ १०, काठमाडौं | सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ ।

भ्रमण गर्ने देशको अनआराइभल भिजा हुने भए भिजा आवश्यक नपर्ने उल्लेख गरिएको छ । यसैगरी दुईतर्फी हवाई टिकट हुनुपर्ने कुरालाई दोहोर्‍याइएको छ ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ ।

भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको छ । यसका लागि डेबिट वा क्रेडिट डलर कार्ड भए पनि हुने पनि उल्लेख गरिएको छ ।

संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा फारम भर्नुपर्ने अध्यागमन विभागले उल्लेख गरेको छ । यो समाचार राजधानी दैनिकमा  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक