कात्तिक ६, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदबाट हटाउन महाभियोग प्रस्ताव दर्ता गर्न नेतृत्व गरेको सत्तारुढ नेकपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ६, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदबाट हटाउन महाभियोग प्रस्ताव दर्ता गर्न नेतृत्व गरेको सत्तारुढ नेकपा"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान प्रकरणमा किन बन्द भयो प्रचण्डको मुख ?

२०७३, ६ कार्तिक शनिबार ०२:५७

कात्तिक ६, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदबाट हटाउन महाभियोग प्रस्ताव दर्ता गर्न नेतृत्व गरेको सत्तारुढ नेकपा माओवादी केन्द्र अबको प्रक्रियाबारे अलमलमा छ ।

महाभियोग प्रस्ताव दर्ताअघि कार्कीलाई कारबाही पक्षमा देखिएका माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्ताव दर्तापछि मौन छन् । प्रस्ताव दर्ताको दुई दिन बित्दा पनि दाहालले अबको प्रक्रियाबारे जानकारी नगराएपछि दलका नेता÷सांसद पक्ष या विपक्ष कता लाग्ने भन्ने अन्योलमा छन् ।

माओवादी केन्द्रका ५० र प्रमुख प्रतिपक्ष एमालेका एक सय सात सांसदले संयुक्त रुपमा बुधबार संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्ताव दर्तापछि विशेषगरी सत्तारुढ ठूलो घटक नेपाली कांग्रेस र माओवादीले उक्त प्रस्तावबारे प्रष्ट धारणा बनाउन नसक्दा शुक्रबार बस्ने तय भएको संसद् बैठक सूचना टाँसेर आइतबारसम्म स्थगित गरिएको छ । कार्कीविरुद्धको महाभियोग प्रस्ताव अब कसरी अघि बढ्छ भन्ने प्रक्रिया जान्न जनता उत्सुक देखिए पनि दल अलमलमा छन् ।

प्रधानमन्त्री निवास बालुवाटर स्रोतका अनुसार कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्तापछि माओवादी केन्द्रलाई अब के गर्ने भन्नेबारे निर्णय गर्न गाह्रो भइरहेको छ । ‘महाभियोग प्रस्ताव दर्तापछि बिहीबार एकपटक हेडक्वार्टर बैठक बसेको हो’, स्रोतले भन्यो, ‘त्यतिबेला सत्तारुढ कांग्रेसको निर्णय पर्खनुपर्ने धारणा बनेको हो। त्यसपछि बैठक बस्न सकेको छैन ।’

माओवादी हेडक्वार्टरका एक सदस्यका अनुसार महाभियोग प्रस्ताव दर्तापछि यस विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालको मुख ‘बन्द’ जस्तै छ । अहिलेसम्म पार्टीको आन्तरिक च्यानल, सत्तारुढ गठबन्धन र मन्त्रिपरिषद्मा महाअभियोगबारे प्रधानमन्त्रीले केही पनि बोल्नुभएको छैन, जानकारी गराउनुभएको छैन’, स्रोतले भन्यो, ‘महाअभियोग प्रस्तावबारे पार्टीभित्र र बाहिर अनेक आंशका उत्पन्न भएपछि शनिबार हेडक्वार्टर बैठक बस्ने सम्भावना छ । सोही बैठकमा अध्यक्षले केही कुरा राख्नु होला भन्ने अपेक्षा छ ।’

महाअभियोग प्रस्ताव दर्तापछि एकाएक दाहालको मुख बन्द भएपछि पार्टीकै कतिपय नेता अचम्ममा परेका छन् । स्रोतका अनुसार दबाबमा परेर दाहाल मौन बसेका हुन् ।

आफ्नै पार्टीका केही नेतालाई आयोगले कारबाही तयारी गरेको खबर पाउँदा रिसाएका दाहालले महाभियोग प्रस्ताव दर्तापछि यति ठूलो र धेरै दबाब पर्ला भन्ने नसोचेको पार्टीभित्रकै केही नेताको अनुमान छ ।

‘महाभियोग प्रस्ताव दर्ता गर्नुअघि सकारात्मक रहेको बताउनु र दर्तापछि त्यसबारे एक शब्द पनि बोल्न नसक्नु कार्कीको मात्र दबाब थेग्न नसकेर हो जस्तो लाग्दैन’, हेडक्वार्टरका अर्का एक सदस्यले भने, ‘अध्यक्ष नै चुप रहेपछि अरु नेतालाई महाभियोग प्रस्तावबारे खुलेर कुरा गर्न गाह्रो भइरहेको छ ।’

कार्कीलाई कारबाहीबाट जोगाउन विभिन्न शक्ति केन्द्रले दबाब दिइरहेका खबर सार्वजनिक भइरहेका बेला उक्त प्रस्तावमा हस्ताक्षर गरेका माओवादी केन्द्रका केही सांसदले झुक्याएर गराइएको गुनासो गर्न थालेका छन् । केहीले हतारमा प्रस्ताव दर्ता गराइएको भन्न थालेका छन् ।

माओवादीभित्र महाभियोग प्रस्तावलाई सघाउने या नसघाउने भन्ने विषय सत्तागठबन्धनको ठूलो सहयात्री कांग्रेसको निर्णय हेरेर ठोस धारणा बनाउनुपर्ने पक्षमा अधिकांश नेता रहेको बालुवाटार स्रोतले बतायो । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश