Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा संसदीय दलको नेतामा को ?

२०८१, १२ पुष शुक्रबार १६:१२

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएसँगै उनी पार्टी सभापति र संसदीय दलका नेताबाट निलम्बित भए।

यसपछि रास्वपाले कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याल चयन गरिसकेको छ। तर, संसदीय दलको नेता भने चयन गरिसकेको छैन। यसबारे शुक्रबारको सचिवालय बैठकमा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘यसबारे आजको बैठकले मोटीमोटी रूपमा छलफल हुन्छ। तर, एजेन्डामा चाहिँ छैन,’ प्रमुख सचेतक परियारले भने।

रास्वपामा संसदीय दलका लागि मुख्यगरी चार जनाले दाबी प्रस्तुत गरेका छन्। दाबी प्रस्तुत गर्नेहरूमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका पूर्वउपनेता विराजभक्त श्रेष्ठ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ छन्। त्यसमा पनि स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठमध्ये एकजना संसदीय दलका नेता बन्ने नेताहरूले बताएका छन्। सभापति रवि लामिछानेको चाहना पनि त्यही रहेको नेताहरू बताउँछन्।

कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याललाई अगाडि बढाएका रवि लामिछानेले सन्तुलन मिलाउनका लागि संसदीय दलका नेतामा स्वर्णिम वाग्ले बढाउन खोजेको नेताहरूले बताएका छन्। तर, संसदीय दलका पूर्वउपनेता भइसकेका विराजभक्त श्रेष्ठले पनि बलियो दाबी प्रस्तुत गरेका छन्। यसर्थ स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठमध्ये नै एकजना नेता बन्नेमा दुईमत नरहेको रास्वपाका एक नेता बताउँछन्। ‘उहाँहरू दुईजनामध्ये नै एकजना होला, सिनारियोअनुसार पनि उहाँहरूमध्येमै बन्नुपर्छ । को त भन्ने कुराचाहिँ केही दिनभित्रै टुङ्गिन्छ,’ ती नेताले भने।

शिक्षामन्त्री भइसकेकी सुमना श्रेष्ठले पनि आफूलाई संसदीय दलको नेताका रूपमा उभ्याएकी छन्। उनले पार्टीको सोसल मिडिया ग्रूपमा संसदीय दलको नेतामा आफूलाई समर्थन जनाइदिनु भन्दै सन्देश पठाएको बताइएको छ। त्यसो त संसदीय दलको नेतामा दाबी प्रस्तुत गर्नेहरूमध्ये स्वर्णिम वाग्ले र विराजभक्त मात्रै प्रत्यक्ष निर्वाचित हुन्।

डोलप्रसाद अर्याल र सुमना श्रेष्ठ समानुपातिक सांसद हुन् । पार्टीभित्र समानुपातिक सांसदलाई संसदीय दलको नेता बनाउन नहुने कतिपय नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू