2026-07-04 09:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ | क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन्।

दम बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको पार्टीका केन्द्रीय सदस्य हेमन्त प्रकाश वलीले जानकारी दिए।

‘उहाँको अक्सिजनको मात्रा कम भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो’, उनले भने, उहाँमा लामो समयदेखि फोक्सोसम्बन्धी समस्या छ। ’

एक वर्षअघि पनि दमबाट पीडित हुँदा उनले त्रिवि अस्पतालमै भर्ना भएर उपचार गराएका थिए।

गएको मंसिर तेस्रो साता सम्पन्न क्रान्तिकारी कम्युस्टि पार्टीको महाधिवेशनले ७८ वर्षीय वैद्यलाई सर्वसम्मत रूपमा महासचिव चयन गरेको थियो।

त्यही महाधिवेशनमा खटिएका कारण पनि उनी बिरामी परेको केन्द्रीय सदस्य वलीले बताए।

‘उहाँ १२/१३ दिनदेखि बिरामी हुनुहुन्थ्यो’, उनले भने, ‘अहिले अवस्था सुधार हुँदै गएको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै