२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

उड्ने बेलामा विमानको पाङ्ग्रा फुस्किएपछि…

२०८१, २६ असार बुधबार ०७:३५

 एजेन्सी |  युनाइटेड एयरलाइन्सको एउटा विमान भयानक दुघर्टनाबाट बचेको छ । लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गर्दा सोमबार कम्पनीको एक विमानको एउटा पाङ्ग्रा फुस्किएको पाइयो । 

हालैका महिनाहरूमा कम्पनीका विमानमा एक पछि अर्को गर्दै समस्याहरू आइरहेका छन् । अमेरिकाको सङ्घीय उड्डयन अधिकारीहरूले कम्पनीको विमानहरूमाथि सुरक्षा समीक्षा पनि गरिरहेका छन् । यसैबिच यो घटना भएको हो ।


सोमबार डेनभरमा पाङ्ग्रा हराएको सो विमानको सकुशल अवतरण भएको थियो । यस घटनामा कसैलाई पनि चोट नलागेको बताइएको छ । समस्या देखिएको विमान बोइङ ७५७–२०० भएको बताइएको छ । घटनाको समयमा विमानभित्र १७४ जना यात्री र ७ जना क्रुमेम्बर थिए । के कारणले विमानको पाङ्ग्रा फुस्कियो भन्नेबारे अनुसन्धान भइरहेको युनाइटेड एयरलाइन्सले बताएको छ ।

यस घटनाको सङ्घीय उड्डयन प्रशासन (एफएए)ले पनि छानबिन गरिरहेको छ । मार्चमा पनि युनाइटेड एयरलाइन्सको एउटा विमान उड्ने बित्तिकै पाङ्ग्रा खसेको थियो । मार्च महिनामा मात्रै कम्पनीका कम्तीमा एक दर्जन उडानमा यस्ता अनेक सुरक्षा समस्या देखिएको थियो । यी घटनाहरूपछि मार्चमा एफएएले कम्पनीको सुरक्षा समीक्षा सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु