१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वैदेशिक रोजगारीको पीडा: दैनिक औसत चार शव फर्कन्छन् काठको बन्द बाकसमा

१० श्रावण २०८१, बिहीबार ०६:२८

साउन १०, काठमाडौँ । कामका खोजीमा विदेश गएका नेपालीमध्ये हरेक दिन चार जनाको शव काठको बन्द बाकसमा स्वदेश फर्किने गरेको छ । वर्षेनी हजार भन्दा बढी नेपालीले विदेशमा श्रम गर्ने क्रममा ज्यान गुमाउन थालेका छन् ।

गत आर्थिक वर्षमा एक हजार ३ सय ४६ युवाको विदेशी भूमी ज्यान गएको हो । यो संख्या एक वर्षको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो ।

यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको संख्या अझै धेरै हुन सक्छ ।


पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो संख्यामा नेपाली श्रमिकले ज्यान गुमाउन थालेका छन् ।

तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेमध्येबाट दैनिक औसतमा चार वटा शव काठको बन्द बाकसमा विदेशबाट आउने गरेको छ । बोर्डका अनुसार गत आर्थिक वर्षमा साउदी अरबबाट ३४९, मलेसियाबाट ३४५, कतारबाट २४० र संयुक्त अरब इमिरेटस (युएई) बाट २३३ जना नेपालीको शव नेपाल ल्याइएको छ ।

यस्तै सो अवधिमा दक्षिण कोरियाबाट २८, कुवेतबाट ७२, इजरायलबाट १९, बहाइनबाट १७, रोमानियाबाट १२, जापानबाट १६ शव नेपाल आइपुुगेको छ ।

क्रोएसियाबाट १०, साइप्रस दुई, इजरायल दुई, उज्बेकिस्तान दुई र जोर्डन तीन र इजिप्ट, हङकङ, काजकस्थान र युकेबाट एक/एक शव आएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् ।

बोर्डका अनुसार गत आर्थिक वर्षमा रोजगारीका क्रममा मृत्यु भएका एक हजार ३४६ मृतकका परिवारमध्ये ८ सय २८ परिवारले सात लाखका दरले आर्थिक सहायता लिइसकेको र बाँकी ४१८ परिवारलाई रकम दिने प्रक्रियामा छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको संख्या अघिल्लो वर्ष भन्दा गत वर्ष बढेको समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह