१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जब ऋणमा डुबेका श्रमिकले खानी खोतल्दा ८० लाखको हिरा फेला पारे ..

१० श्रावण २०८१, बिहीबार १२:१२

साउन १०, काठमाडौँ ।  एक भारतीय श्रमिकको भाग्य रातारात बदलिएको छ। 

मध्यप्रदेशको एक खानीमा काम गर्ने क्रममा उनले ठूलो हिरा भेट्टाएका हुन्। 

उनले खोतलेको १९.२२ क्यारेटको हिराले सरकारी लिलामीमा ८० लाख भारु मूल्य पाएको बीबीसीले जनाएको छ। 

राजु गौण्ड नामका ती श्रमिकले पन्ना सहरमा १० वर्षयता खानी भाडामा लिएर हिरा खोज्दै आएका थिए। 


पन्नालाई हिरा खजाना भएको सहरका रुपमा लिइन्छ। त्यहाँ मानिसहरुले सरकारसँग खानी भाडामा लिएर हिराको खोजी गर्ने गरेका छन्। 

पन्नामा भारत सरकारको राष्ट्रिय खनिज विकास निगमले हिरा खानी परियोजना सञ्चालन गराउँछ। यसमा व्यक्ति, परिवार र सहकारी समूहले पनि कम गहिराइमा उत्खनन गर्न पाउँछन्। जब हिरा भेटिन्छ, सरकारी हिरा कार्यालयमा बुझाइन्छ। सोही कार्यालयले हिराको मूल्यांकन गर्छ। 

२ सयदेखि साढे २ सय रुपैयाँसम्ममै खानी भाडामा लिन पाइने एक सरकारी अधिकारी बताउँछन्। सन् २०१८ मा एक श्रमिकले डेढ करोड भारु मूल्यबराबरको हिरा फेला पारेका थिए। तर सधैँ यतिका मूल्यवान् हिरा भने भेटिँदैनन्। 

गौण्डका अनुसार उनका बुबाले २ महिनाअघि मात्र उक्त खानी भाडामा लिएका थिए। मनसुन सिजनमा उनीहरुले खानी लिएर हिरा खोज्ने गरेका छन्। 

गौण्डका अनुसार उनीहरु गरिब छन् र अन्य कुनै आयस्रोत पनि छैन। सोही कारण हिरा खोज्ने गरेको उनी बताउँछन्। 

उनले मानिसहरुले हिरा भेट्टाएको सुनेका थिए। एक दिन आफूले पनि फेला पार्ने आशमा खानीमा काम गरिरहेका थिए। बुधबार बिहान पनि सधैँझैँ हिरा खोज्न गएका थिए। भाग्य उनको पक्षमा थियो। मूल्यवान् हिरा फेला पारे। 

फेला पारेको हिरा सरकारी कार्यालयमा बुझाएका थिए। जुन हिरा अर्को पटक लिलाम बढाबढमा बिक्री हुनसक्ने सरकारी कार्यालयले जनाएको छ। बिक्रीपछि गौण्डले सरकारी रोयल्टी र करकट्टापछि उनको रकम पाउनेछन्। 

त्यो रकमले राम्रो घर बनाउने, छोराछोरी पढाउने र ५ लाख ऋण तिर्ने उनको योजना छ। उक्त रकम आफूसँगै बस्ने १९ आफन्तलाई भाग लगाउने उनको भनाइ छ। उनी फेरि खानीमा हिरा खोज्न जाने तरखरमा छन्। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह