न्युयोर्क टाइम्सले निरन्तर रूपमा दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... न्युयोर्क टाइम्सले निरन्तर रूपमा दु"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सौर्यको जहाज दुर्घटनाबारे न्युयोर्क टाइम्सले लेख्यो– दुर्घटनाको कारण ‘एउटा टाउकोमा दुइटा ह्याट’

११ श्रावण २०८१, शुक्रबार ०६:२३

साउन ११, काठमाडौँ । नेपालमा बुधबार १८ जनाको मृत्यु भएको विमान दुर्घटनाका बारेमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा जारी छ । अमेरिकी चर्चित पत्रिका न्युयोर्क टाइम्सले निरन्तर रूपमा दुर्घटना हुनुमा बेवास्ता गरिएको एउटा कारण भएको औँल्याएको छ ।

उक्त पत्रिकाले प्रत्येक नयाँ दुर्घटना पछि, अन्वेषकहरूले मौसम, कठिन भू-भाग, ‘ओभर वर्कड’ पाइलट तथा पुरानो विमानलाई दोष दिंदै आएको तर मूल समस्यालाई सम्बोधन नगरिएको जनाएको छ ।

 त्यो कारण भनेको स्वार्थको द्वन्द्व भएको जनाउँदै जो आकर्षक हवाई सेवा प्रदान गरिरहेका छन्, तिनै व्यक्ति नियामक निकायमा हुनुले यस्तो घटना दोहोरिएको समाचारमा उल्लेख छ ।

साथै पत्रिकाले ‘एउटा टाउकोमा दुइटा ह्याट’ हुँदा यसखालको दुर्घटना भइरहेको विज्ञलाई उद्धृत गर्दै जनाएको छ ।


समस्या आएमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नै त्यसको अनुसन्धान गर्ने जिम्मेवारी दिने गरिएको न्युयोर्क टाइम्सले जनाएको छ ।न्युयोर्क टाइम्सले प्राधिकरणका पूर्वअधिकारीलाई उद्धृत गर्दै यसले छानबिनमा बाधा गर्ने जनाएको छ । मानिसको जीवनमरणसँग गाँसिएको विषयमा आवश्यक सुधार गरिनुपर्नेमा समाचारमा जोड दिइएको छ ।

नागरिक उडड्यन प्राधिकरणका पूर्वप्रमुख सञ्जीव गौतमले उक्त पत्रिकासँग भनेका छन्, “प्राधिकरणले एउटा टाउकोमा दुइटा ह्याट लगाइरहेको छ, एउटा सेवाप्रदायक र अर्को निरीक्षकको । यदि, कुनै एयर ट्राफिक कन्ट्रोलरले गल्ती गरे के हुन्छ तपाईं भन्न सक्नुहुन्छ ? प्राधिकरणले सूचना लुकाउँछ कि लुकाउँदैन ?”

उक्त पत्रिकासँगको कुराकानीमा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले युरोपेली संघले राष्ट्रिय वायुसेवा निगम नेपाल एयरलाइन्सलगायत देशका वायुसेवालाई एक दशकभन्दा बढी समयदेखि प्रतिबन्ध लगाएको बताएका छन् । भारत, चीन र खाडी राष्ट्रजस्ता देशले त्यसो गरे, नेपालका लागि ठूलो घाटा हुने बताएका छन् । साथै उनले कुनै प्रभाव नभएको स्वतन्त्र स्थायी प्रकृतिको अनुसन्धान निकाय हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालको कमजोर रेकर्डले यसको उड्डयन उद्योगलाई बाहिरी संसारबाट थप कटौती गर्ने र राष्ट्रलाई महत्त्वपूर्ण पर्यटन स्ट्रिमबाट वञ्चित गर्ने खतरा रहेको समेत पत्रिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह