न्युयोर्क टाइम्सले निरन्तर रूपमा दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... न्युयोर्क टाइम्सले निरन्तर रूपमा दु"/>
२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सौर्यको जहाज दुर्घटनाबारे न्युयोर्क टाइम्सले लेख्यो– दुर्घटनाको कारण ‘एउटा टाउकोमा दुइटा ह्याट’

२०८१, ११ श्रावण शुक्रबार ०६:२३

साउन ११, काठमाडौँ । नेपालमा बुधबार १८ जनाको मृत्यु भएको विमान दुर्घटनाका बारेमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा जारी छ । अमेरिकी चर्चित पत्रिका न्युयोर्क टाइम्सले निरन्तर रूपमा दुर्घटना हुनुमा बेवास्ता गरिएको एउटा कारण भएको औँल्याएको छ ।

उक्त पत्रिकाले प्रत्येक नयाँ दुर्घटना पछि, अन्वेषकहरूले मौसम, कठिन भू-भाग, ‘ओभर वर्कड’ पाइलट तथा पुरानो विमानलाई दोष दिंदै आएको तर मूल समस्यालाई सम्बोधन नगरिएको जनाएको छ ।

 त्यो कारण भनेको स्वार्थको द्वन्द्व भएको जनाउँदै जो आकर्षक हवाई सेवा प्रदान गरिरहेका छन्, तिनै व्यक्ति नियामक निकायमा हुनुले यस्तो घटना दोहोरिएको समाचारमा उल्लेख छ ।

साथै पत्रिकाले ‘एउटा टाउकोमा दुइटा ह्याट’ हुँदा यसखालको दुर्घटना भइरहेको विज्ञलाई उद्धृत गर्दै जनाएको छ ।


समस्या आएमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नै त्यसको अनुसन्धान गर्ने जिम्मेवारी दिने गरिएको न्युयोर्क टाइम्सले जनाएको छ ।न्युयोर्क टाइम्सले प्राधिकरणका पूर्वअधिकारीलाई उद्धृत गर्दै यसले छानबिनमा बाधा गर्ने जनाएको छ । मानिसको जीवनमरणसँग गाँसिएको विषयमा आवश्यक सुधार गरिनुपर्नेमा समाचारमा जोड दिइएको छ ।

नागरिक उडड्यन प्राधिकरणका पूर्वप्रमुख सञ्जीव गौतमले उक्त पत्रिकासँग भनेका छन्, “प्राधिकरणले एउटा टाउकोमा दुइटा ह्याट लगाइरहेको छ, एउटा सेवाप्रदायक र अर्को निरीक्षकको । यदि, कुनै एयर ट्राफिक कन्ट्रोलरले गल्ती गरे के हुन्छ तपाईं भन्न सक्नुहुन्छ ? प्राधिकरणले सूचना लुकाउँछ कि लुकाउँदैन ?”

उक्त पत्रिकासँगको कुराकानीमा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले युरोपेली संघले राष्ट्रिय वायुसेवा निगम नेपाल एयरलाइन्सलगायत देशका वायुसेवालाई एक दशकभन्दा बढी समयदेखि प्रतिबन्ध लगाएको बताएका छन् । भारत, चीन र खाडी राष्ट्रजस्ता देशले त्यसो गरे, नेपालका लागि ठूलो घाटा हुने बताएका छन् । साथै उनले कुनै प्रभाव नभएको स्वतन्त्र स्थायी प्रकृतिको अनुसन्धान निकाय हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालको कमजोर रेकर्डले यसको उड्डयन उद्योगलाई बाहिरी संसारबाट थप कटौती गर्ने र राष्ट्रलाई महत्त्वपूर्ण पर्यटन स्ट्रिमबाट वञ्चित गर्ने खतरा रहेको समेत पत्रिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण