२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

के एपीवानमा पनि सहकारीको पैसा गएको हो?

२०८१, ११ आश्विन शुक्रबार ०६:००

असोज ११, काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन्। संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ।

त्यस्तै, छोरा सचन थापा अमेरिकी पासपोर्टमा नेपाल बसेर उद्यम व्यवसायमा संलग्न भएको आरोप लागेको छ।सामाजिक सञ्जालबाट सार्वजनिक भएको अध्यागमनको अभिलेखअनुसार सचन अमेरिकी नागरिक हुन् र उनले पछिल्लो पासपोर्ट २०२२ मा लिएको देखिन्छ।

नेपाल आउँदा उनी ‘नन टुरिस्ट’ भिसामा आएका छन्। विदेशी नागरिकले नेपाल आएर उद्यम व्यवसाय मात्र होइन, रोजगारी गर्न पनि कानुनअनुसार अनुमति लिनुपर्छ। उनले त्यस्तो अनुमति लिएका छन् कि छैनन् भन्ने अनुसन्धानको विषय भएको छ।


‘हो, म अमेरिकी नागरिक हुँ, मसँग अमेरिकी पासपोर्ट र गैरआवासीय नेपालीले पाउने नागरिकता दुवै छन्,’ उनले भने, ‘नेपालमा बस्दा गैरआवासीय नेपालीका रूपमा गर्नुपर्ने काम मात्र मैले गरेको छु।’

छोराको नागरिकता विवादमा अन्नपूर्णका अध्यक्ष क्याप्टेन थापामाथि सामाजिक सञ्जालमा प्रश्न उठेको छ। पहुँचको दुरुपयोग गरेको आरोपमा थापाले भने, ‘अन्नपूर्ण र मेरो परिवार पनि कानुनभन्दा माथि छैन, राज्यले अनुसन्धान गरोस्, हामी सहयोग गर्छौं। गलत गरेको भए कानुनी कारबाही भोग्न हामी तयार छौं,’ उनले भने।

त्यस्तै सहकारी बचत अपचलन छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको खुलाएको छ। गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु (जीबी) राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ।

राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘२०७३ चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यावसायिक साझेदारीमा जीबी राई देखिएका थिए। राईले एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रूपमा उपलब्ध छ। त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ।’ यद्यपि लगानी भएको रकम भने प्रतिवेदनमा खुलेको छैन।

एपीवानमा कुरा नमिलेपछि जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ। ‘एपीवानमा कुरा नमिली सम्बन्धमा दरार आएपछि राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रममार्फत अलग छवि बनाइसकेका रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

संस्थापक अध्यक्ष क्याप्टेन थापा भने एपीवान टेलिभिजनमा जीबी राई कहिल्यै पनि साझेदार नरहेको र सहकारीको रकम नआएको दाबी गर्छन्।

तर, संसदीय समितिले एपीवान टेलिभिजन भनेर स्पष्ट किटान गरेको विषयमा उनी भन्छन्, ‘एपीवान टेलिभिजन होइन, एपीवान मिडियामा जीबी राई साझेदार थिए। एपीवान टेलिभिजन २०७० मा नै स्थापना भएको हो। दुई वर्षपछि एपीवान मिडियाका नाममा विज्ञापन एजेन्सी सञ्चालन भएको थियो जसमा जीबी राई पनि साझेदार थिए। तर, २०७५ मा शेयर ट्रान्सफर गरेर म कम्पनीबाट अलग भएँ।’

नेचर हर्ब्सलगायतको विज्ञापन गरेबापत करिब दुई करोड रुपैयाँ राईबाट लिन अझै बाँकी रहेको दाबी थापाको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा