४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

के एपीवानमा पनि सहकारीको पैसा गएको हो?

११ आश्विन २०८१, शुक्रबार ०६:००

असोज ११, काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन्। संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ।

त्यस्तै, छोरा सचन थापा अमेरिकी पासपोर्टमा नेपाल बसेर उद्यम व्यवसायमा संलग्न भएको आरोप लागेको छ।सामाजिक सञ्जालबाट सार्वजनिक भएको अध्यागमनको अभिलेखअनुसार सचन अमेरिकी नागरिक हुन् र उनले पछिल्लो पासपोर्ट २०२२ मा लिएको देखिन्छ।

नेपाल आउँदा उनी ‘नन टुरिस्ट’ भिसामा आएका छन्। विदेशी नागरिकले नेपाल आएर उद्यम व्यवसाय मात्र होइन, रोजगारी गर्न पनि कानुनअनुसार अनुमति लिनुपर्छ। उनले त्यस्तो अनुमति लिएका छन् कि छैनन् भन्ने अनुसन्धानको विषय भएको छ।


‘हो, म अमेरिकी नागरिक हुँ, मसँग अमेरिकी पासपोर्ट र गैरआवासीय नेपालीले पाउने नागरिकता दुवै छन्,’ उनले भने, ‘नेपालमा बस्दा गैरआवासीय नेपालीका रूपमा गर्नुपर्ने काम मात्र मैले गरेको छु।’

छोराको नागरिकता विवादमा अन्नपूर्णका अध्यक्ष क्याप्टेन थापामाथि सामाजिक सञ्जालमा प्रश्न उठेको छ। पहुँचको दुरुपयोग गरेको आरोपमा थापाले भने, ‘अन्नपूर्ण र मेरो परिवार पनि कानुनभन्दा माथि छैन, राज्यले अनुसन्धान गरोस्, हामी सहयोग गर्छौं। गलत गरेको भए कानुनी कारबाही भोग्न हामी तयार छौं,’ उनले भने।

त्यस्तै सहकारी बचत अपचलन छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको खुलाएको छ। गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु (जीबी) राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ।

राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘२०७३ चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यावसायिक साझेदारीमा जीबी राई देखिएका थिए। राईले एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रूपमा उपलब्ध छ। त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ।’ यद्यपि लगानी भएको रकम भने प्रतिवेदनमा खुलेको छैन।

एपीवानमा कुरा नमिलेपछि जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ। ‘एपीवानमा कुरा नमिली सम्बन्धमा दरार आएपछि राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रममार्फत अलग छवि बनाइसकेका रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

संस्थापक अध्यक्ष क्याप्टेन थापा भने एपीवान टेलिभिजनमा जीबी राई कहिल्यै पनि साझेदार नरहेको र सहकारीको रकम नआएको दाबी गर्छन्।

तर, संसदीय समितिले एपीवान टेलिभिजन भनेर स्पष्ट किटान गरेको विषयमा उनी भन्छन्, ‘एपीवान टेलिभिजन होइन, एपीवान मिडियामा जीबी राई साझेदार थिए। एपीवान टेलिभिजन २०७० मा नै स्थापना भएको हो। दुई वर्षपछि एपीवान मिडियाका नाममा विज्ञापन एजेन्सी सञ्चालन भएको थियो जसमा जीबी राई पनि साझेदार थिए। तर, २०७५ मा शेयर ट्रान्सफर गरेर म कम्पनीबाट अलग भएँ।’

नेचर हर्ब्सलगायतको विज्ञापन गरेबापत करिब दुई करोड रुपैयाँ राईबाट लिन अझै बाँकी रहेको दाबी थापाको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल