१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेटो प्रमुखले दिए ट्रम्पलाई यस्तो चेतावनी

२९ कार्तिक २०७३, सोमबार ०१:४५

कात्तिक २९, काठमाडौं | उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का महासचिव जेन्स स्टलटेनबर्गले नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘एक्लै जानु’ युरोप र अमेरिका दुवैको विकल्प नभएको चेतावनी दिएका छन् । उनले पश्चिमा शक्तिका लागि यो पुस्तामा सुरक्षा सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको बताए । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

नवनियुक्त अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा अमेरिकाले अमेरिका–युरोपसहितको पश्चिमी सैनिक गठबन्धन (नाटो) का लागि खर्च गर्न नहुने र यो पुरानो भईसकेको बताएका थिए ।

ट्रम्पले भनेका थिए, ‘कुनै नेटो सदस्य राष्ट्रमाथि हमला भएमा र उसले आफ्नो भागको रकम नतिरेमा उसको सुरक्षामा सहयोग गर्न जानुअघि अमेरिकाले सोच्ने छ ।’ उनले नेटो सदस्य राष्ट्रले आफ्नो सुरक्षाको खर्च आफैले बेहोर्नुपर्ने बताउँदै आएका छन् । बेलायतको अब्जर्भर पत्रिकामा लेख्दै नेटो महासचिव जेन्सल अमेरिकाको यो तर्कमा दम भएपनि केही देशलाई धेरै वित्तीय सहयोग आवश्यक रहेको जनाएका छन् ।

अमेरिकाले नेटोको खर्चको ७० प्रतिशत आफैले बेहोर्दै आएको छ । उनले अमेरिकालाई सुरक्षित र स्थिर युरोपमा मात्रै अमेरिकाको हित रहेको स्वीकार गर्न पनि आग्रह गरेका छन् । नर्वेका पूर्वप्रधानमन्त्री समेत रहेका स्टोलटेनबर्गले अनिश्चितताको यो समयमा मजबुत अमेरिकी नेतृत्वको आवश्यकता रहेको र युरोपले पनि आफ्नो भागको जिम्मेवारी उठाउनुपर्ने उल्लेख गरेका छन् ।

उनले अमेरिकामाथि भएको सेप्टेम्बर ११ को आक्रमणमा नेटोले आत्मरक्षाको आफ्नो नियम लागु गरेको स्मरण गराएका छन् । यसकारण कुनैपनि सदस्य देशमाथि आक्रमण भएका बाँकी सदस्य राष्ट्रले उसलाई सहयोग गर्नुपर्नेमा उनको जोड छ । उनले भनेका छन्, ‘यो प्रतिकात्मकमात्रै थिएन, अफगानिस्तानमा सैन्य अभियानको नेतृत्व नेटोले नै लिएको थियो ।’ त्यसबेला लाखौं युरोपेली सेनाले अफगानिस्तानमा काम गरेको र एक हजारभन्दा बढीले ज्यान गुमाएको उनको भनाई छ ।

एफबीआईमाथि हिलारीको रोष

अमेरिकी राष्ट्रपति पदको चुनावमा हारका लागि डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले संघीय जाँच एजेन्सी (एफबीआई) लाई जिम्मेवार ठहर गरेकी छन् । हिलारीले चुनावको ठीक अघि एफबीआईका निर्देशक जेम्स कुमीले आफ्ना इमेलबारे जाँच गर्ने बताएपछि निर्वाचन प्रचारअभियानमा धक्का लागेको उनको भनाई छ ।

डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारीले पार्टीका सबैभन्दा बढि चन्दा दिनेसँग गरेको फोनवार्ता सञ्चारमाध्यममा सार्वजनिक भएको हो । उनीमाथि विदेशमन्त्री हुँदा आफ्ना आपराधिक इमेल आफ्नो निजी सर्वरबाट पठाएको आरोप लागेको थियो । तर, एफबीआईको छानविनमा हिलारीले कुनै गलत काम नगरेको पुष्टि भएपनि उनले चुनावमा हार बेहोर्नुपरेको छ ।

यसैबीच नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकामा सुरु भएको प्रदर्शन अझै जारी छ । न्युयोर्कमा करिब दुई हजार सर्वसाधारणले ट्रम्प टावरअघि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘मेरा राष्ट्रपति होइनन्’ लेखेका प्लेकार्ड हातमा बोकेका थिए । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भइसकेपछि चार दिनको अवधीमा ९० स्थानमा विरोध प्रदर्शन भइसकेको छ । प्रदर्शनकारीले उनका नीतिहरुको कडा विरोध गर्दै आएका छन् । उनीहरुले आप्रवासी, अल्पसंख्यकका साथै ट्रम्पको महिलाप्रतिको रबैयाको पनि विरोध भइरहेको छ ।

जित हासिल गरेपछि ट्रम्पले भने निर्वाचन प्रचारका क्रममा व्यक्त धाराणाभन्दा केही फरक देखिएको बिश्लेशण भइरहँदा उनीविरुद्धको प्रदर्शन भने कायम रहेको हो । प्रचारका क्रममा ट्रम्पले हिलारीको इमेल काण्डको छानविन गर्ने र दोषी पाइएमा जेल पठाउने बताएका थिए । राष्ट्रपति निर्वाचित भएपछि भने उनले स्वास्थ्य, सुरक्षा र सुधारमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले आगामी जनवरी २० मा देशको ४५ औं राष्ट्रपतिका रुपमा पदभार ग्रहण गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै