2026-09-11 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ?

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस आज (बुधबार) पनि हुँदैछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितका सात जनाको बयानपछि मंगलबारदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो ।

न्यायाधीश नीतिज राईको इजलासमा प्रारम्भिक चरणमा सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले मुद्दाबारे न्यायाधीशलाई सामान्य जानकारी गराएका थिए । पहिलो दिनको बहसपछि समय अभावले अदालत स्थगित गरिएको थियो । थुनछेक बहसपछि न्यायाधीशले अभियुक्तहरूलाई धरौटीमा रिहा गर्ने, साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय लिनेछन् ।

लामिछानेसहितका सात आरोपीमध्ये लामिछाने, छविलाल जोशी, र रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । लीला पछाईमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनको उल्लंघनको अभियोग लगाइएको छ । बाँकी तीन अभियुक्तलाई सहकारीको रकम ठगीको मुद्दामा मात्र आरोप लगाइएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी सञ्चालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ । जसमा रवि लामिछानेसँग सहकारी ठगी अभियोगमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैया बिगो असुल गर्न माग गरिएको छ ।

लामिछानेका पक्षमा सात जनाले बहस गर्दै
थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरेका छन् । अधिवक्ता नारायण कँडेलका अनुसार लामिछानेको पक्षमा बहस गर्न ५० बढी कानुन व्यवसायीले वकालतनामा गरे पनि सात जनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी र डा.नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, सुरज बस्नेत र सुविज्ञ पन्तले बहस गर्नेछन् ।

महान्यायाधिवक्ताको कार्यालयबाट पठाइयो दुई वकिल
जिल्ला अदालतमा सामान्यतया सरकारी वकिलको कार्यालयकै वकिलहरूले मुद्दा–मामिलामा बहस गर्ने चलन छ । तर, रवि लामिछानेसहितको मुद्दामा सरकारले विशेष चासो देखाउँदै काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयका दुई वकिललाई समेत पोखरा पठाएको छ । कास्की जिल्ला अदालतमा सुरु भएको थुनछेक बहसमा स्थानीय सरकारी वकिलका पाँच सदस्यीय टोली भए पनि काठमाडौंबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहमहान्यायाधिवक्ता प्रकाश गौतमलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस