२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले माग्यो, ‘वान बेल्ट वान रोड’ बारे नेपालको धारणा

२०७३, ३० कार्तिक मंगलवार ०२:३०

कात्तिक ३०, काठमाडौ | चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाबारे नेपाल सरकारको ठोस धारणा बुझ्न चीनको एक सरकारी प्रतिनिधीमण्डल नेपाल भ्रमणमा आएको छ ।

चीनले आफू र एसिया, युरोप र अफ्रिकाबीच सडकपूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने मुख्य लक्ष्य सहित अघि बढाएको उक्त अवधारणाबारे नेपाल सरकारको धारणा मागेको छ । 

चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् २०१३ मा अघि सारेको यस अवधारणा अन्र्तगत ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘एक्काइसौँ सताब्दिको सामुद्रिक सिल्क रोड’ गरी दुई भाग छन् । नेपालले सिल्क रोड इकोनोमिक बेल्टमा सहभागिता जनाउन सहमति जनाइसकेको छ । नेपालले चीनको सिल्क रोड अवधारणामा सहभागि हुनका लागि दुई बर्ष यस संबन्धमा चीनसंग एक सझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा चीनको यस अवधारणामा सक्रिय सहभागि हुने प्रतिबद्दता नेपाल सरकारले जनाएको थियो । तर वर्तमान सरकार यस अवधारणा प्रति सकारात्मक नदेखिएको जानकार कुटनीतिक स्रोत बताउँछ । यस अवधारणाप्रति नेपालले स्पस्ट जवाफ दिन नसकेकै कारण चिनियाँ राष्ट्रपति सि जिन पिङ्को गत असोज अन्तिम हप्ताका लागि हुने भनिएको नेपाल भ्रमण रद्द भएको स्रोतको भनाई छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधीमण्डलले वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सि जिन पिङ्को अग्रसरतामा शुरु भएको उक्त अवधारणाबाट नेपाल लगायत यस क्षेत्रका सबै मुलुकले लाभ लिनसक्ने बताएको थियो ।

प्रतिनिधीमण्डलले वान रोड वान बेल्ट अवधारणाबाट समग्र क्षेत्रको कनेक्टिभिटी बढाउन तथा चीन र नेपाल लगायत सार्क मुलुकहरुबीचको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने बताएको थियो । भेटमा वाणिज्यमन्त्री थकालीले नेपाल र चीन सदियौँदेखि घनिस्ट मित्रका रुपमा रहेका र दुवैले एक अर्काको भलाई र हित हुने गरी आपसि व्यावहार र सहयोग गरिरहेको बताएको वाणिज्यमन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।

भेटमा मन्त्री थकालीले वान रोड वान बेल्ट अवधारणाको उच्च सराहान गरेका थिए । ‘यस अवधारणाबाट यस क्षेत्रका सबै छिमेकी देशहरुसँग सुदृढ र सबल कनेक्टिभिटी कायम भई नेपालको आर्थिक विकासमा यसले महत्वपूर्ण योगदान पुर्याउने मन्त्रीज्यूले विश्वास ब्यक्त गर्नुभयो’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

साथै नेपाल र चीनको आपसी आर्थिक एकीकरण, समन्वय र सहयोग मार्फत नेपालको उच्च सम्भावना भएका जलबिद्दुत, पर्यटन, जडिबुटी, कृषि लगायतका क्षेत्रमा विकास गर्न सकिने विचार थकालीले ब्यक्त गरेका थिए ।

मन्त्री थकालीले चीनको लगानी र प्रविधि मार्फत नेपालका सम्भावनाको उचित प्रस्फुटन एवं विकास र प्रबद्र्धन गरी देशमा आर्थिक समृद्धि हासिल गर्नमा समेत यसले योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका यी क्षेत्रहरुमा चीनको लगानी र प्रविधिलाई उच्च सम्मान सहीत स्वागत गरिने धारणा राखेका थिए । उक्त चिनियाँ प्रतिनिधीमण्डलले नेपाल सरकारका उच्च अधिकारीहरु र राजनीतिक दलका नेतासँग पनि भेट्ने बताइएको छ । – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश