मङ्सिर ५, काठमाडौँ | अब कांग्रेस र माओवादी केन्द्रको भागबन्डामा राजदूतहरूको नियुक्ति हुनेछ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राजदूत नियुक्तिमा चासो राखि"/> Sajhasabal मङ्सिर ५, काठमाडौँ | अब कांग्रेस र माओवादी केन्द्रको भागबन्डामा राजदूतहरूको नियुक्ति हुनेछ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राजदूत नियुक्तिमा चासो राखि"/>
१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजदूतको चर्चामा को–को छन् ?

५ मंसिर २०७३, आईतवार ०२:३५

मङ्सिर ५, काठमाडौँ | अब कांग्रेस र माओवादी केन्द्रको भागबन्डामा राजदूतहरूको नियुक्ति हुनेछ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राजदूत नियुक्तिमा चासो राखिसकेका छन् भने प्रधानमन्त्री प्रचण्डले पनि नियुक्ति प्रक्रिया थाल्ने बताएका छन् । 

 सम्भावित राजदूतका लागि कांग्रेसबाट करिब डेढ दर्जन व्यक्ति चर्चामा छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति नवीनप्रकाशजंग शाह, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई, तत्कालीन राष्ट्रपतिका सल्लाहकार डा. हरि शर्मा, पूर्वसचिव कृष्ण ज्ञवाली, नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द र बालानन्द शर्मा, पूर्वराजदूत डा. शम्भुराम सिंखडाको नाम चर्चामा छ।

 कांग्रेस स्रोतका अनुसार पूर्वमहान्यायाधिवक्ता महादेव यादव, नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल, सुरक्षा मामिला जानकार डा. इन्द्र अधिकारी, गेजा शर्मा वाग्ले, वरिष्ठ पत्रकार वन्दना राणा र अच्युत वाग्ले पनि चर्चामा छन् । माओवादी केन्द्रबाट यसअघि सिफारिसमा परेकाहरूको नाम चर्चामा छ ।

 पदम सुन्दास, महेन्द्रबहादुर सिंह, लक्की शेर्पा, युवनाथ लम्साल यसअघिको सिफारिसमा समेत परेका थिए । यसपटक डा. ऋषि अधिकारी, प्रमोदराज काफ्ले, देवीराम शर्मा, भीम उदासलगायतको नाम पनि चर्चामा छ ।

श्रीलंका, जापान, इजरायल, साउदी अरब, कतार, अस्ट्रेलिया, डेनमार्क, बहराइन, म्यानमार, बंगलादेश, युएई र ओमन।

यी हुन् राजदूत सिफारिस भएर पनि बन्न नसकेका ओली सरकारले एमाले कोटाबाट युवराज कार्की (दक्षिण कोरिया), नारदनाथ भारद्वाज वाग्ले (श्रीलंका), डा. खड्ग केसी (जापान), शिवमाया तुम्बाहाम्फे (इजरायल), अली अख्तर मिगरानी (साउदी अरब) लाई राजदूतमा सिफारिस गरेको थियो । यस्तै, माओवादी केन्द्रबाट डा. महेन्द्रबहादुर सिंह (कतार), लक्की शेर्पा (अस्ट्रेलिया), युवनाथ लम्साल (डेनमार्क), पदम सुन्दास (बहराइन), राप्रपा नेपालको कोटामा निरञ्जन थापा (म्यानमार), खगेन्द्र बस्नेत (बंगलादेश), भरतबहादुर रायमाझी (युएई) तथा फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुली (ओमन) सिफारिसमा थिए । सरकारले उनीहरू सबैको नाम २१ साउनमा फिर्ता लिएको थियो ।

अघिल्लो सरकारले चीनका लागि एमाले नेता महेन्द्रबहादुर पाण्डेसमेत गरी १४ मुलुकका लागि राजदूतमा संसदीय सुनुवाइ विशेष समितिमा उनीहरूको नाम सिफारिस गरिसकेको थियो । तर, १९ साउनमा नयाँ सरकार गठन भएपछि राजनीतिक नियुक्तिमा परेकाहरूको नाम फिर्ता लिइएको थियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ७ वैशाखमा २१ जना र त्यसको केहीपछि ओमनका लागि एक गरी २२ राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

यीमध्ये परराष्ट्र मन्त्रालयका आठ सहसचिव र बाँकी राजनीतिक भागबन्डाका आधारमा सिफारिस भएका थिए । सोअनुसार एमालेको कोटामा ६, माओवादी केन्द्रका चार, राप्रपा नेपालका तीन र फोरम लोकतान्त्रिकका एकजना सिफारिसमा परेका थिए । – आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै