2026-07-05 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एकीकृत समाजवादीसँग एकताको समझदारी भएको छ: वामदेव गौतम

काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न छलफल चलाइरहेका वामदेव गौतमले समझदारी विकास गर्ने सहमति भएको बताएका छन्।

बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसँगको संवादपछि उनले पार्टी एकता छिट्टै हुने बताएका छन्।

एकीकृत समाजवादीमा एकता राष्ट्रिय अभियानलाई मिसाउनेबारे छलफल गर्न गौतम तेस्रो पटक संवादमा बसेका हुन्।

‘समझदारी विकास गर्ने भएको छ। यो त एउटा सानो पक्ष हो। यसैलाई खोल्नेबित्तिकै कति धेरै आउँछ। अबचाहिँ यस्तो भयो भनेर जुन दिन घोषणा गर्छौं त्यही दिन बताउँछौं– यसरी पार्टी एकता गर्छौं,’ उनले भने।

गौतमले नेकपा (एमाले) उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय एकता अभियान चलाइरहेका छन्। उनले एमालेमा फर्कर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवाद गरेका थिए। ओलीसँगको संवादले भने गति लिन सकेन।

एकीकृत समाजवादीमा उनलाई तेस्रो वरीयता दिनेबारे छलफल भइरहेको छ। गौतमले भने आफूलाई सक्रिय जिम्मेवारी र अन्य नेताको व्यवस्थापनको सुनिश्चितता खोजेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै