मंसिर ११, काठमाडौं । उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ ।

बेलायतको मेट्रो रेल (लन्डन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ११, काठमाडौं । उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ ।

बेलायतको मेट्रो रेल (लन्डन"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा जमिनमुनि मेट्रो रेल !

११ मंसिर २०७३, शनिबार ०३:२४

मंसिर ११, काठमाडौं । उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ ।

बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली इन्जिनियरले उपत्यकाभित्र मेट्रो रेलको सम्भावनाबारे अध्ययन गरी जमिनमुनि मेट्रो रेल सम्भव भएको दाबीसहित प्रतिवेदन तयार गरेका छन् ।

माटोसम्बन्धी इन्जिनियरिङमा टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि उपाधि हासिल गरेका डा. विनोदलाल अमात्यले भने, “काठमाडौँको माटो कमजोर छ भन्ने हल्लामात्र हो ।  यहाँको माटोमुनि मेट्रो रेल सञ्चालन गर्न सकिन्छ ।  त्यो सम्भव छ । ”

उनले भूकम्प र पराकम्पनका कारण मेट्रो रेल जोखिम हुन्छ भन्नेहरू पनि उत्तिकै रहेको बताउँदै थपे, ‘उपत्यकामा जमिनभन्दा जमिनमुनि मेट्रो रेल सञ्चालन गर्दा जोखिम रहँदैन।’ उनका अनुसार बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन्, तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रुले यात्रा गर्न सक्ने भएकोले मेट्रो रेल अनिवार्य ठानिएको छ।  उनले काठमाडौं, ललितपुर र भक्तपुरका घना बस्तीमा मेट्रो रेलको निर्माण सुरूङ मार्गबाट गर्न सकिने बताएको आजको गोरखापत्रमा समाचार छ । ।

बेलायतमा कार्यरत सिभिल इन्जिनियर डा. अमात्यले प्रथम चरणअन्तर्गत भृकुटीमण्डपबाट पूर्वमा थिमि भएर बनेपासम्म (२५.५ किलोमिटर) र साँखुसम्म (१७.५ किलोमिटर), दोस्रो चरणअन्तर्गत पश्चिममा कलङ्की भएर थानकोटसम्म (११ किलोमिटर), तेस्रो चरण अन्तर्गत दक्षिणमा पाटन–सातदोबाटो हुँदै थेचोसम्म (२१ किलोमिटर) र चौथो चरणअन्तर्गत उत्तरमा बाँसबारी हुँदै बुढानिलकण्ठसम्म (नौ किलोमिटर) सुरुङमार्गबाट मेट्रो रेल नेटवर्कको निर्माण गर्न सकिने बताए।

त्यसैगरी, कलङ्कीबाट कोटेश्वर–बौद्ध जोड्ने सुरूङमार्ग (१५ किलोमिटर)को हुने र सातदोबाटोबाट बाँसबारी जोड्ने सुरूङमार्ग १२ किलोमिटरको हुने उनको अध्ययनको निचोड छ ।

उनका अनुसार उपत्यकाभित्र कुल १८३ किलोमिटर मेट्रो रेल सञ्चालन गर्न सकिन्छ र त्यसमध्ये ७७ किलोमिटर सुरूङमार्ग, १७ किलोमिटर भू–सतह मार्ग र एकसय किलोमिटर आकाशे पुल (इलेभेटेड) निर्माण गर्न सकिन्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ