मंसिर ११, काठमाडौं । उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ ।

बेलायतको मेट्रो रेल (लन्डन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ११, काठमाडौं । उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ ।

बेलायतको मेट्रो रेल (लन्डन"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा जमिनमुनि मेट्रो रेल !

२०७३, ११ मंसिर शनिबार ०३:२४

मंसिर ११, काठमाडौं । उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ ।

बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली इन्जिनियरले उपत्यकाभित्र मेट्रो रेलको सम्भावनाबारे अध्ययन गरी जमिनमुनि मेट्रो रेल सम्भव भएको दाबीसहित प्रतिवेदन तयार गरेका छन् ।

माटोसम्बन्धी इन्जिनियरिङमा टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि उपाधि हासिल गरेका डा. विनोदलाल अमात्यले भने, “काठमाडौँको माटो कमजोर छ भन्ने हल्लामात्र हो ।  यहाँको माटोमुनि मेट्रो रेल सञ्चालन गर्न सकिन्छ ।  त्यो सम्भव छ । ”

उनले भूकम्प र पराकम्पनका कारण मेट्रो रेल जोखिम हुन्छ भन्नेहरू पनि उत्तिकै रहेको बताउँदै थपे, ‘उपत्यकामा जमिनभन्दा जमिनमुनि मेट्रो रेल सञ्चालन गर्दा जोखिम रहँदैन।’ उनका अनुसार बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन्, तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रुले यात्रा गर्न सक्ने भएकोले मेट्रो रेल अनिवार्य ठानिएको छ।  उनले काठमाडौं, ललितपुर र भक्तपुरका घना बस्तीमा मेट्रो रेलको निर्माण सुरूङ मार्गबाट गर्न सकिने बताएको आजको गोरखापत्रमा समाचार छ । ।

बेलायतमा कार्यरत सिभिल इन्जिनियर डा. अमात्यले प्रथम चरणअन्तर्गत भृकुटीमण्डपबाट पूर्वमा थिमि भएर बनेपासम्म (२५.५ किलोमिटर) र साँखुसम्म (१७.५ किलोमिटर), दोस्रो चरणअन्तर्गत पश्चिममा कलङ्की भएर थानकोटसम्म (११ किलोमिटर), तेस्रो चरण अन्तर्गत दक्षिणमा पाटन–सातदोबाटो हुँदै थेचोसम्म (२१ किलोमिटर) र चौथो चरणअन्तर्गत उत्तरमा बाँसबारी हुँदै बुढानिलकण्ठसम्म (नौ किलोमिटर) सुरुङमार्गबाट मेट्रो रेल नेटवर्कको निर्माण गर्न सकिने बताए।

त्यसैगरी, कलङ्कीबाट कोटेश्वर–बौद्ध जोड्ने सुरूङमार्ग (१५ किलोमिटर)को हुने र सातदोबाटोबाट बाँसबारी जोड्ने सुरूङमार्ग १२ किलोमिटरको हुने उनको अध्ययनको निचोड छ ।

उनका अनुसार उपत्यकाभित्र कुल १८३ किलोमिटर मेट्रो रेल सञ्चालन गर्न सकिन्छ र त्यसमध्ये ७७ किलोमिटर सुरूङमार्ग, १७ किलोमिटर भू–सतह मार्ग र एकसय किलोमिटर आकाशे पुल (इलेभेटेड) निर्माण गर्न सकिन्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा