मंसिर १२, काठमाडौं | सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसद्मा दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२, काठमाडौं | सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसद्मा दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार क"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् – संशोधबारे प्रचण्डका ५ कुरा

१२ मंसिर २०७३, आईतवार ०१:३०

मंसिर १२, काठमाडौं | सरकारको नेतृत्व गरेको माओवादी केन्द्र संविधान संशोधन प्रस्ताव पारित हुने अवस्थामा मात्र संसद्मा दर्ता गर्ने निष्कर्षमा पुगेको छ । सत्तासाझेदार कांग्रेस र मधेसी मोर्चासमेतले दह्रो समर्थन नजनाए प्रस्ताव दर्ता गरेर जोखिम नमोल्ने उसको निष्कर्ष छ । 

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टी पोलिटब्युरो बैठकमा राजनीतिक रूपमा लाभ हुने गरी मात्र सरकारले संशोधन प्रस्ताव अगाडि बढाउने बताएका छन् । प्रमुख प्रतिपक्षी एमाले विपक्षमा उभिएकाले संशोधन प्रस्ताव अगाडि बढाउन कांग्रेस र मोर्चाको सहमति अनिवार्य भएको उनको भनाइ छ ।

१) कांग्रेस र मोर्चा पनि एक ठाउँ आएपछि मात्र संशोधन दर्ता संविधान संशोधनमा माओवादीले राजनीतिक रूपले फाइदा हुने गरी सोच्नुपर्ने हुन्छ । कांग्रेस हामीले संशोधन प्रस्ताव दर्ता गर्दा विरोधमा आएमा हामीलाई सरकारमा बस्न नैतिकताले दिँदैन । मधेसी मोर्चा पनि विरोधमा आइरहँदा संशोधनकै एजेन्डामा सरकार गठन भएकाले बसिरहनु पनि कमजोर हुन जान्छ । त्यसो हुँदा संविधान संशोधन अगाडि कम्तीमा पनि कांग्रेस र मधेसी मोर्चासम्म दुवै पक्षलाई प्रस्तावको समर्थन गर्ने ठाउँमा ल्याउने वातावरण बनाएर मात्र संशोधन दर्ता गर्नुपर्छ ।

२) माओवादीले मात्र जोखिम उठाइरहनुपर्छ भन्ने हुँदैन प्रदेशका बारेमा माओवादीले संविधान घोषणा गर्दा नै नोट अफ डिसेन्ट लेखेको थियो । त्यतिवेला पार्टीले दर्ता गरेको १० प्रदेशको प्रस्तावमा नै अडिग रहेर अहिलेको सीमांकन हेरफेरका विषयमा फरक प्रस्ताव नै दर्ता गरेर जानुपर्छ । त्यसो गर्दा एउटा १० प्रदेशको प्रस्ताव माओवादीका तर्फबाट पेस गर्ने गरी सोच्नुपर्छ । दोस्रो, हामीले संशोधन प्रस्ताव दर्ता गरेपछि सकभर सहमति वा दुईतिहाइले पारित हुनुपर्छ । त्यसो हुन नसके संशोधन प्रस्ताव दर्ता नगर्न पनि सक्छौँ । माओवादीले मात्र जोखिम उठाइरहनुपर्छ भन्ने हुँदैन ।

३) संशोधनसहित चुनावी वातावरण बनाएर उपलब्धि संस्थागत माओवादीको अहिलेको राजनीतिक लाइन भनेको असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याई संविधान संशोधन गरेरै संविधान कार्यान्वयनको दिशामा जानुपर्छ भन्ने हुनुपर्छ । संविधान संशोधन गरेर चुनावी वातावरण बनाएर गए मात्रै हामीले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सक्छौँ । यसरी जाँदा नै संविधान कार्यान्वयन पनि हुन्छ ।

४) ठूला पार्टीमै संविधान भाँडमा जाओस् भन्ने छ माओवादीबाहेक अन्य ठूला भनिएका पार्टीलाई अहिलेको संविधान भाँडमा गए जाओस् भन्ने छ । संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक र समावेशीजस्ता विषय समेटिएका छन् । अन्य दलका एजेन्डा यी होइनन्, त्यसकारण पनि उनीहरूलाई यस विषयसँग सरोकार छैन । तर, माओवादीका लागि आफैँले उठाएका यी एजेन्डा कार्यान्वयन गरेर जानुपर्ने बाध्यात्मक अवस्था छ । अहिले माओवादीको जोड भनेको संविधान संशोधन गरेरै चुनावमा गई संविधान कार्यान्वयन हो ।

५) प्रतिगामी षड्यन्त्रमा लागेका छन् संविधान कार्यान्वयन हुन नदिन र भाँडभैलोमा पारेर फेरि पनि पुरानै अवस्थामा मुलुकलाई फर्काउने षड्यन्त्र पनि भित्रभित्रै भइरहेको छ । त्यसैका लागि पूर्वराजादेखि कतिपय प्रतिगामीहरू दिल्ली, बेइजिङ र सिंगापुर धाइरहेका छन् । उनीहरू जहाँसुकै धाए पनि र जेजस्तो षड्यन्त्रमा लागे पनि हामीले त्यसलाई चिरेर संविधान कार्यान्वयन गरेर जानुपर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ