पुस १, काठमाडौं | बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८.०९ प्रतिशत र कर्जामा ५२.६१ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १, काठमाडौं | बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८.०९ प्रतिशत र कर्जामा ५२.६१ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुईतिहाइ निक्षेप काठमाडौंकै

२०७३, १ पुष शुक्रबार ०२:२६

पुस १, काठमाडौं | बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८.०९ प्रतिशत र कर्जामा ५२.६१ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनअनुसार अघिल्लो वर्षको तुलनामा निक्षेपको हिस्सा करिब एक प्रतिशतले घटेको छ भने कर्जा दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्ष कुल निक्षेपमा काठमाडौंको हिस्सा ६९.३ र कर्जामा ५४.७ प्रतिशत थियो । 

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा शाखा खोल्नको लागि काठमाडौंबाहिर प्रोत्साहन गर्ने नीति लिइएको कारण निक्षेप र कर्जामा काठमाडौं बाहिरको हिस्सा केही बढ्दै गएको बताउँछन् । “सडक सञ्जालका कारण काठमाडौं बाहिर पनि आर्थिक गतिविधिहरू बढ्दै गएका छन्,” थापा भन्छन्, “जसका कारण केही मात्रामा भए पनि वित्तीय क्षेत्रमा काठमाडौंबाहिरको हिस्सा बढ्दै गएको छ ।”

राष्ट्र बैंकले गत आर्थिक वर्ष (०७२/७३) मा काठमाडौंसहित विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीलाई आधार बनाएर ४७ जिल्लाको समग्र आर्थिक स्थितिको अध्ययन गरेको थियो । जसअनुसार आर्थिक वर्ष ०७२/७३ असार मसान्तमा भएको १९ खर्ब ६२ अर्ब निक्षेपको आधारमा क्षेत्रगत हिस्सा निकालिएको हो ।

काठमाडौंपछि सबैभन्दा बढी निक्षेप हुने क्षेत्रमा पोखरा ७.६३ प्रतिशतको आधारले दोस्रो स्थानमा छ । तर, कर्जामा भने काठमाडौंपछि वीरगन्ज दोस्रो स्थानमा छ । विरगन्ज क्षेत्रले कुल कर्जामा ११.२५ प्रतिशत लिएको देखिन्छ । विरगन्ज क्षेत्रमा उद्योगहरू बढी हुने भएकोले कर्र्जा बढी प्रयोग हुने गरेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह रेमिट्यान्सका कारण वित्तीय क्षेत्रमा काठमाडौं बाहिरको हिस्सा केही बढ्दै गएको बताउँछन् । “निक्षेप र कर्जामा अहिले पनि काठमाडौंको हिस्सा बढी छ,” शाह भन्छन्, “रेमिट्यान्स बढी जाने हुँदा आर्थिक गतिविधि बढेकाले निक्षेप र कर्जामा काठमाडौंबाहिरको हिस्सा केही बढ्दै गएको देखिन्छ ।”

वित्तीय क्षेत्रमा निक्षेप र कर्जाको आधारले सबैभन्दा कमजोर क्षेत्र भने धनगढी छ । धनगढीको निक्षेपमा हिस्सा १.६३ प्रतिशत छ भने कर्जामा २.७१ प्रतिशत छ । अध्ययनमा समेटिएका ४७ जिल्लामा वाणिज्य बैंकका १ हजार ७ सय ११ शाखा, विकास बैंकका ७ सय ९८ तथा वित्त कम्पनीका १ सय ७१ शाखा छन् । यस्तै लघुवित्तका १ हजार ४१ शाखा रहेको राष्ट्र बैंकले जनाएको छ । जसमा काठमाडौंमा क्षेत्रमा सबैभन्दा बढी १ हजार ५१ वटा शाखा तथा धनगढी क्षेत्रमा १ सय ९० शाखा सञ्चालनमा छन् । – कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा