पुस २, काठमाडौँ | रुस, युरोप तथा चीनलगायतका देशबाट नेपाल भित्रिएका एक सय ५० भन्दा बढी प्रजातिका पक्षी हिउँदभरि नेपाली आकाशमा विचरण गर्ने गर्छन्।  भनिन्छ, प्राकृतिक"/> Sajhasabal पुस २, काठमाडौँ | रुस, युरोप तथा चीनलगायतका देशबाट नेपाल भित्रिएका एक सय ५० भन्दा बढी प्रजातिका पक्षी हिउँदभरि नेपाली आकाशमा विचरण गर्ने गर्छन्।  भनिन्छ, प्राकृतिक"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाहुना चरा नेपाली आकाशमा

२ पुष २०७३, शनिबार ०२:५५

पुस २, काठमाडौँ | रुस, युरोप तथा चीनलगायतका देशबाट नेपाल भित्रिएका एक सय ५० भन्दा बढी प्रजातिका पक्षी हिउँदभरि नेपाली आकाशमा विचरण गर्ने गर्छन्।  भनिन्छ, प्राकृतिक कुरालाई कुनै राजनीतिक सिमाना र छेकबारले रोक्न सक्दैन।  त्यसैकारण विदेशी पाहुना चरा हरेक वर्ष हिउँदको सिजनमा नेपाल आउँछन् र करिब तीन महिनाको नेपाल बसाइपछि स्वदेश फर्कन्छन्। 

पाहुना चराको अवस्था अवलोकन गर्दै पोखरा, चितवन हुँदै नलवपरासी पुगेका पक्षीविज्ञ डा. हेमसागर बरालले भने, पोखरा, चितवनका आकाशमा आगन्तुक चराले विचरण गरेको सजिलैसँग देख्न पाइयो।  पक्षीहरू आफ्नो अनुकूलतामा विश्वका जुनसुकै देशमा विचरण गर्न स्वतन्त्र छन्, मौसम परिवर्तन, हावापानीको प्रभाव जस्ता कारणले चरा निश्चित अवधिका लागि अनुकूल मौसम र ठाउँको खोजीमा बासस्थान छाडेर हिँड्ने गरेको पक्षीविद् बरालले बताए। अहिलेको मौसम पाहुना चराका लागि विचरण गर्न आकाशमा उडान भर्न निकै लोभलाग्दो छ।  पाहुना चराका हुलका हुल पोखरा र चितवनका आकाशमा उडिरहेका हामी सहजै देख्न पाउछौँ, डा. बरालले भने। 

हरेक हिउँदेयाममा रुसी, उत्तरी युरोप, मङ्गोलिया र चिनियाँ चरा नेपालमा घुम्न, बच्चा कोरल्न र विचरण गर्न नेपाल आउने गर्छन्।  उत्तरी ध्रुवमा हिउँ पर्ने, आधा दिनमात्र उज्यालो हुने, बासस्थान बिग्रने, आहारको कमी हुने भएकाले ती क्षेत्रबाट चरा दक्षिणी भेगमा उडान भर्ने गर्छन्।  यसपटक मनसुनको अवधि लामो भएकाले अक्टोबरको पहिलो सातासम्म आइपुग्ने चरा नेपाली आकाशमा प्रवेश गर्न नसके पनि पछिल्लो समयमा मौसममा आएको सुधारले झण्डै १५० प्रजातिका उत्तरी ध्रुवका चरा हाल नेपाली भूमिमा प्रवेश गरिसकेका छन्। 

पक्षीविद् डा. बरालले भन्नुभयो, नेपालका हिमाल, पहाड र तराई तीनवटै भौगोलिक अवस्थामा रहेका तालतलैया, खोलानाला, घाँसे मैदान र वनजङ्गलमा साइबेरियन चरा डुलिरहेका छन्, विचरण गरिरहेका छन्।  अक्टोबर महिनाको मौसम हेर्दा यस पटक विदेशी पाहुना चरा आउँदैनन् कि जस्तो लागेको थियो तर पछिल्लो पटकको मौसममा देखिएको सुधारले करिब ३० हजारभन्दा बढी चरा नेपाली आकाश र भूमिमा विचरण गरिरहेको अनुमान गरिएको छ। 

हाल नेपालमा आउने कतिपय पाहुना चराले एकैदिन नेपालका सम्पूर्ण भूगोलमा यात्रा गर्ने गरेका छन्।  तराईमा विचरण गर्न आउने चरा विशेषगरी कोसीटप्पु, चितवन, कपिलवस्तु, बर्दिया, घोडाघोडी ताल क्षेत्रमा बढी समय बिताउने गरेका छन् भने पहाडमा रमाउने चराले पोखरा, नारायणी नदीको छेउछाउ, रारा ताल क्षेत्रलाई बढी मन पराउने गरेको बताइन्छ। 

पक्षीविद् डा. बरालले भने, “नेपालका सीमसार क्षेत्रको बिग्रँदो अवस्थाले पाहुना चराको बासस्थान र आहारमा थप चुनौती थपिँदै गएको छ।  सीमसार क्षेत्रमा विषादी, जाल तथा अन्य तरिकाले माछा मार्ने र सीमसार क्षेत्र वरपरका गुँड लगाएर बस्ने चराको सिकार हुने प्रवृत्ति बढ्दै गएको छ।  जसका कारणले विगतमा आउने कतिपय जलपक्षी नेपाली भूमिमा आउन छोडिसकेका छन्।”

उनका अनुसार साइबेरियन वनजङ्गलबाट नेपाली भूमिमा हिउँदमा विचरण गर्न आउने गरेका आँसी सुँगे साइबेरियन चरा पछिल्लो समय नेपालमा देखिन छोडेका छन्।  पछिल्लो समयमा जलवायु परिवर्तनको असर, नेपालका घाँसे मैदानमा वनमारा झारले पु¥याएको प्रभाव लगायतका कारणले कयौँ प्रजातिका पाहुना चरा नेपाली भूमिमा विचरण गर्न छोडेर भारत, श्रीलङ्का र अरेबियन मुलुकका वनजङ्गलमा जाने गरेको डा. बरालले बताए।

सीमसारविज्ञ टोपबहादुर खत्रीका अनुसार सीमसारको खस्कँदो अवस्थाले तत्काल जलपक्षीलाई बढी असर परेको देखिए पनि सीमसारको अवस्था बिग्रँदा सम्पूर्ण जैविक विविधता र पारिस्थितिकीय प्रणाली नै बिग्रने भएकाले सीमसारको संरक्षणका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा पाइने १६८ प्रजातिका पक्षी सङ्कटमा पर्न थालेका छन्।  बिग्रँदो बासस्थान, आहारको कमी, सिकार तथा जलवायु परिवर्तनको असरले यी प्रजातिको अस्तित्व विस्तारै सङ्कटमा पर्ने देखिएकाले संरक्षणका कार्य तत्काल सञ्चालन गर्नुपर्ने सुझाव विभागद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने