पुस २१, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ ।

गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २१, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ ।

गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र ने"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ नेपाल–चीन सैन्य अभ्यासको तयारी

२०७३, २१ पुष बिहीबार ०२:२२

पुस २१, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ ।

गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ ।

तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य अभ्यासको मिति, स्थान र प्रक्रियाको औपचारिक निर्णय हुनेछ । यद्यपि दुवै पक्षले सैन्य अभ्यास हुने दिन र स्थानबारे औपचारिक घोषणा गरेका छैनन् ।

‘अघिल्लो साता चिनियाँ सेनासँग इनिसिएल प्लानिङ कन्फ्रेन्स (प्रारम्भिक योजना बैठक) काठमाडौंमा सम्पन्न भएको छ, अब अन्तिम योजना बैठक बसेर त्यसबारे टुंगो लाग्छ,’ सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले नयाँ पत्रिकासँग भने, ‘पहिलो बैठकमा प्रस्ताव राखिएको छ, दुवैतर्फका विषय प्रस्तुत भएका छन् ।’ उनका अनुसार दुवै पक्षलाई मान्य हुने मिति, स्थान र अन्य प्रक्रियागत विषय अर्को बैठकबाट टुंगो लाग्नेछ ।  

स्रोतका अनुसार सैन्य अभ्यासको नाम ‘प्रतिकार’ प्रस्तावित छ। हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै थियो । पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य अभ्यास हुँदै छ । ‘छिमेकी र उदाउँदो शक्तिराष्ट्रसँग सैन्य अभ्यास राख्नु कूटनीतिक र सामरिक सन्तुलनका लागि यो अर्थपूर्ण छ, यो राष्ट्रहितका पक्षमा छ,’ सामरिक मामिलाविज्ञ गेर्जा शर्मा वाग्लेले भने, ‘भारत यसमा उत्तेजित वा प्रतिक्रियात्मक हुनु आवश्यक छैन ।’

के भन्छन् विज्ञ ?

स्वाभाविक हो, सार्क मुलुकसँग पनि हुनुपर्छ

‘यस्तो खालको संयुक्त सैन्य अभ्यास नेपाली सेनाका लागि महत्वपूर्ण अवसर हो । आतंकवाद, प्रतिविद्रोह र प्रकोप व्यवस्थापनजस्ता विषय अहिले संसारका साझा हुन् । परिवर्तित परिप्रेक्ष्यमा यस्ता साझा चुनौतीलाई एक्लाएक्लै होइन, सबै मिलेर सामना गर्नुपर्छ । त्यसका लागि यस्तो सैन्य अभ्यासबाट अनुभव आदानप्रदान हुन्छ ।’ – विनोज बस्न्यात, पूर्वउपरथी

राष्ट्रहितका लागि स्वाभाविक 

‘सामरिक मामिला विज्ञ पहिलोपटक नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासजस्तो रणनीतिक महत्वको सैन्य गतिविधिप्रति भारत र अन्तर्राष्ट्रिय समुदायको चासो स्वाभाविक होला । कूटनीतिक र सामरिक सन्तुलन कायम गर्ने दृष्टिकोणले चिनियाँ सेनासँग नेपाली सेनाले संयुक्त अभ्यास गर्नु राष्ट्रिय हितका लागि स्वाभाविक हो ।’ – गेजा शर्मा वाग्ले

चीनसँग पहिलोपटक अभ्यास भारत र अमेरिकासँग पहिल्यै

दक्षिण एसियाको सबैभन्दा पुरानो नेपाली सेनासँग चिनियाँ सेनाले संयुक्त अभ्यासका लागि पहिलोपटक प्रस्ताव गरेको हो । गत वर्ष प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणमा चिनियाँ सेनाप्रमुखसँग यसबारे कुराकानी भएको सैनिक स्रोतले बतायो । रक्षामन्त्री बालकृष्ण खाणको हालै चीन भ्रमणमा पनि चिनियाँ अधिकारीले यसबारे कुराकानी गरेका थिए ।

नेपाली सेनालाई चिनियाँ सेनाले अस्पताललगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ चीन जाँदा चिनियाँ सेनाले एउटा उच्चस्तरीय प्रविधियुक्त अस्पताल बनाइदिने प्रस्ताव गरेको थियो, राजनीतिक नेतृत्वले स्वीकार गरेन, अहिले सेनाको कल्याणकारी कोषबाट दुई अर्ब रुपैयाँ खर्च गरेर भेट्रान्स अस्पताल बनाउनुपरेको छ,’ सेनाका एक बहालवाला उपरथीले नयाँ पत्रिकासँग भने, ‘चिनियाँ सेनासँग सम्बन्ध थप सुदृढ पार्ने कुरालाई स्वाभाविक मान्नुपर्छ, भारतीय सेनासँग हाम्रो सम्बन्ध घनीभूत छँदै छ ।’-नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक