पुस २२, काठमाडौं । राति १२ बजे साँगामा रहेको शिवको मूर्ति भन्दा तलको खोल्सा छेउ । च्याँ च्याँ च्याँ... गर्दै बच्चा रोएको आवाज आयो । पारिपट्टि शिवको विशाल मू"/>
पुस २२, काठमाडौं । राति १२ बजे साँगामा रहेको शिवको मूर्ति भन्दा तलको खोल्सा छेउ । च्याँ च्याँ च्याँ... गर्दै बच्चा रोएको आवाज आयो । पारिपट्टि शिवको विशाल मू"/>
पुस २२, काठमाडौं । राति १२ बजे साँगामा रहेको शिवको मूर्ति भन्दा तलको खोल्सा छेउ । च्याँ च्याँ च्याँ… गर्दै बच्चा रोएको आवाज आयो । पारिपट्टि शिवको विशाल मूर्ति र एकछिन पनि फुर्सद नहुने सडकले रातमा विश्राम पाएका थिए । अनकन्टार त्यो ठाउँमा राति बच्चा करायो ।
सुन्ने कतिपयले तर्साएको भने, कतिपयले सुने पनि वास्ता गरेनन् । गस्तीमा रहेका प्रहरीको कानमा एउटा आवाज ठोक्कियो च्याँ च्याँ च्याँ……। बच्चा करायो खोल्सामा । वरपर सुनसान छ । मध्यरातमा खोल्साको घारीमा बच्चाको आवाज छ । प्रहरीलाई शंका लाग्यो र बच्चा कराएतर्फ गस्ती टोली हिँड्यो ।
खोल्साको घारीमा बाँसको एउटा कोक्रो राखिएको छ । कोक्रो भित्रबाट आवाज आउँछ च्याँ च्याँ च्याँ…..। वरपर कोही छैन । अनकन्टार ठाउँमा एक्लो बच्चो कोक्रा भित्र रोइरहेको छ । प्रहरीले कोक्रोसहित ति बच्चालाई त्यहाँबाट उठायो ।
बच्चा अन्दाजी त्यस्तै सात आठ महिना जतिको हुनुपर्छ । न उ बोल्न सक्छ, न हिँडडुल गर्न । कसको बच्चा हो ? किन यहाँ छोडियो ? कसरी पत्ता लगाउने महानगरीय प्रहरी परिसर भक्तपुरलाई पनि आपत पर्यो । एकदिन प्रहरी चौकीमा राखेर अनुसन्धान गरेपनि बच्चाको बुबा आमा पत्ता लागेन ।
‘प्रहरीले आमा बुबा पत्ता नलागेपछि बच्चालाई फेला पारेको विवरणको चिठीसहित प्रहरी बच्चा लिएर हामी भए ठाउँमा आइपुगे’ बालबालिका खोजतलास तथा समन्वय केन्द्रका अनुसन्धान अधिकृत सन्तोषचन्द्र अधिकारीले भन्नुभयो । यो घटना २०६९ साल पुस २० गतेको हो ।
रामेछापका कैलाश मगर (नाम परिवर्तन) छोरो जन्मिएको तीन महिनापछि रोजगारीको सिलसिलामा दुबई गए । राम्रो कामसँगै दामको अपेक्षा र पारिवारिक सुखको आशा बोकेर दुबई गएका मगरले गएको ६ महिनापछि अर्थात छोरो ९ महिनाको भएपछि ५० हजार रुपैयाँ पठाए । श्रीमानले पठाएको ५० हजार रुपैयाँ श्रीमती रमिता (नाम परिवर्तन)ले झिकिन् ।
छोरो पाल्ने र पढाउने भन्दै श्रीमानले पठाएको ५० हजार रुपैयाँ ९ महिने छोरो बोकेर रमिता २०६९ पुस १९ गते रामेछापबाट काठमाडौं लागिन् । त्यसपछि उनी कहिल्यै परिवारको सम्पर्कमा आइनन् । श्रीमानसँग पनि सम्पर्कमा आइनन् । विस्तारै गाउँ परिवार विदेशमा रहेका श्रीमान कैलाशसम्म खबर पुग्यो ‘श्रीमती रमिता अरु नै कोहीसँग बिहे गरेर हिँडिन् ।’
श्रीमती अरुसँगै बिहे गरेर गएपनि तीन महिने छोरो छोडेर विदेश गएका कैलाशलाई छोराको मायाले सतायो । श्रीमती गएपनि ४÷५ वर्ष पुगेपछि छोरो आफैँले ल्याएर पाल्ने अठोट गरे कैलाशले । कैलाश यही आशामा विदेश बसे ।
विदेशको गएको तीन वर्ष पुग्नै लाग्दा कैलाशको घरमा बज्रपात पर्यो । उहाँको आमाले संसार छाड्नुभयो । आमा बितेपछि अन्तिम संस्कार गर्न नेपाल फर्किए कैलाश । यो २०७२ साल फागुनतिरको कुरा हो । आमाको संस्कार सकिएपछि आफ्नो छोरा खोज्नेतर्फ लागे उनी ।
चैत महिनाको एकदिन उनी काठमाडौंको तीनकुनेमा हिँड्दै थिए । सफा सुग्घर र खाइलाग्दो देखिएका कैलाशलाई उनकी पहिलाकी श्रीमती अर्थात रमिताले देखिन् । कैलाशलाई अंकमाल गर्दैै रमिता रोइन् । रमिता रुनुको त्यहाँ कुनै अर्थ थिएन । कैलाशले आफ्नो छोरा रमितासँग मागे ।
श्रीमती अरुसँगै बिहे गेरेर गएपनि छोरो ल्याउने उनको इच्छा थियो । ‘छोरो छैन’ रमिताले जवाफ फर्काइन् । ‘कहाँ छ छोरो ?’ कैलाशले सोधे । रमिताले आफ्नो विवरण सुनाइन् । ‘छोरो ११ बजे राति २०६९ साल पुस १९ गते साँगको शिवको सालिक मुन्तिरको खोल्सामा छाडेको … ।’
कैलाशले महानगरीय प्रहरी परिसर भक्तपुरमा आफ्नो ९ महिने छोरा यसरी हराएको भनेर रमिताले भनेकै आधारमा उजुरी हाले । प्रहरीले तीन वर्षको अघिको फाइल पल्टायो । र कैलाशले दिएको उजुरी र प्रहरीले भेटेको एउटा बच्चाको माथि उल्लेखित विवरण मेल खायो ।
प्रहरीले बालबालिका खोजतलास तथा समन्वय केन्द्रमा पठायो कैलाशलाई । ‘तीन वर्ष अघिका फाइल पल्टायौं, दुई दिनपछि हामीले प्रहरीले पठाएको त्यो ९ महिने बच्चाको विवरण फेला पार्यौं’ केन्द्रका अनुसन्धान अधिकृत सन्तोषचन्द्र अधिकारीले भन्नुभयो ।
बालबालिका खोजतलास तथा समन्वय केन्द्रले ति ९ महिने बालकलाई समुदाय वातवरण तथा बाल विकास संघ कालोपुललाई संरक्षणका लागि दिएको थियो । बच्चाका आमा बुबा फेला परेको बेला जुनसुकै अवस्थामा पनि बच्चा फिर्ता गर्ने सर्तसहित केन्द्र त्यो बच्चा बाल विकास संघलाई दिएको थियो ।
बच्चा फेला पर्दाको फोटो र अहिलेको बच्चाको फोटोमा केही मेल खायो । कैलाशका छरछिमेकलाई पनि बोलाएपछि सबैले यो कैलाशकै बच्चा भएको भने । विभिन्न संस्थाको समन्वयमा बच्चाको र कैलाशको डिएनए परीक्षण गरियो । अन्ततः पुष्टि भयो । त्यो बच्चा कैलाशकै रहेछ ।
आश मारिकसेको छोरा फेला परेपछि कैलाश पनि दङ्ग छन् । श्रीमती अरुसँग विहे गरेपनि त्यो कलिलो बालकलाई सँगै लगेको होला भनेर ढुक्कसाथ बसेका कैलाश जब छोरालाई जंगलमा छाडेको थाहा पाए ।त्यसपछि उनले छोराको माया लगभग मारिसकेका थिए । पछि प्रहरी र बालबालिका खोजतलास केन्द्रको सहयोगमा तीन वर्षपछि आफ्नो छोरा पत्ता लागेपछि उनी खुसीले गदगद् छन् । यसरी नाता प्रमाणित भएपछि २०७२ चैत २९ गते ति बालक उनका बुबा कैलाशलाई हस्तान्तरण गरियो ।
उता बालबालिका खोजतलास केन्द्र पनि आफूले निकै मेहनत गरेर बालकको बुबा पत्ता लगाएर जिम्मा लगाएकोमा खुसी छ । ‘म आएपछि यस्ता धेरै घटना भए तर यो घटनाले मेरो मन छोइरहन्छ, मान्छेको मन कति कठोर हुँदो रहेछ, दुःख पनि लाग्छ’ केन्द्रका अनुसन्धान अधिकृत अधिकारी भन्नुहुन्छ ।
अहिले ति बालक काठमाडौंको गोकणस्थित स्वर्ण शिक्षा स्कुलमा युकेजीमा पढ्दैछन् । बालक ठूलोबुबा कुमारसँग बसेर पढ्दैछन् । हामीले कुमारलाई सम्पर्क गर्दा बालक नजिकैको भैरव चौरमा खेलिरहेका थिए । -उज्यालो अनलाईनबाट