फागुन २९, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २९, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ "/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

११ तोपको सलामीसहित आज गौतमको अन्त्येष्टि

२९ फाल्गुन २०७३, आईतवार ०२:३६

फागुन २९, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनलाई ११ तोपको सलामी दिने निर्णय भएको छ ।

सरकारले राष्ट्रिय सम्मान दिने भएपछि उनको अन्त्येष्टि आइतबार गर्ने स्थानीयले जनाएका छन् । उनलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । राष्ट्रिय सम्मानको विषयमा सरकारले निर्णय नगर्दा शनिबार गरिने भनिएको अन्त्येष्टि स्थानीयले स्थगित गरेका थिए ।

गत बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय फौजले गोली चलाउँदा उनको मृत्यु भएको थियो । उनको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । आइतबार बिहान ८ बजेबाट शवयात्रा गरिने स्थानीयले जनाएका छन् ।

पुनर्बासका स्थानीय राजनीतिक दल, नागरिक समाजले राजकीय अन्त्येष्टि हुनुपर्ने माग गरेर शव बुझेका थिएनन् । उनीहरूले अत्येष्टिका लागि प्रधानमन्त्री, गृहमन्त्री या मन्त्री आउनुपर्ने र राष्ट्रियताको विषय भएकाले राहत रकमसमेत बढाउनुपर्ने माग गरेको स्थानीय लक्ष्मण कुमालले बताए । कुमालका अनुसार गौतमको पोस्टमार्टम भइसकेको छ । शवयात्रा दोधा नदीमा पुगेर टुंगिनेछ । सोही नदी–किनारमा सरकारी सम्मानका साथ उनको अन्त्येष्टि गरिने स्थानीय प्रशासनले जनाएको छ ।

सामान्य बन्दै पुनर्बास : बिहीबार र शुक्रबार अशान्त रहेको पुनर्बास क्षेत्र शनिबार तुलनात्मक शान्त बनेको छ । नेपाली सुरक्षाकर्मीले घटनास्थलभन्दा तीन सय मिटर वरसम्म मात्र जान दिएको छ । शनिबार तीन सय मिटर वरै प्रदर्शन भएपछि झडपको सम्भावना टरेको हो । घटनाको विरोधमा शनिबार पनि महेन्द्रनगरमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको छ । प्रदर्शनमा ठूलो संख्यामा स्थानीयको सहभागिता थियो ।

गौतमका नाममा गेट बनाउन माग : पुनर्बासका स्थानीय राजनीतिक दलले गोविन्द गौतमको नाममा पुनर्बासनजिकको नेपाल–भारत सीमा क्षेत्र कारगिल डाँडामा गेट बनाउन माग गरेका छन् । शनिबार पुनर्बासका सर्वदलीय राजनीतिक दलको बैठकले गेट बनाउनुपर्ने माग अघि सारेका हुन् ।

नेकपा पुनर्बासका नेता वीरबहादुर थापाले स्थानीय राजनीतिक दलबीच गौतमको सम्झनामा गेट निर्माण, सालिक र उनको नामबाट गाउँको नाम राख्ने सहमति भएको बताए । थापाका अनुसार बैठकले सरकारले घोषणा गरेको राहत १० लाखलाई स्विकार्दै राहत बढाउन माग गर्ने निर्णय गरेको छ । गौतमकी पत्नी गोमतीलाई पुनर्बास नगरपालिका कार्यालयमा जागिर दिनसमेत सबै दल सहमत भएका छन् ।

‘मृतक गोविन्दकी श्रीमती गोमतीलाई योग्यताका आधारमा नगरपालिकामा रोजगार दिलाइन्छ,’ उनले भने, ‘मृतक परिवारको दैनिक गुजारा सञ्चालनमा सजिलोका लागि स्थानीय तहमा रोजगार उपलब्ध गराइएको हो ।’ पुनर्बासका राजनीतिक दलले सो क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा क्याम्प स्थापना गर्नसमेत माग गरेका छन् । यसअघि पनि पटक–पटक सरकारसँग सीमा सुरक्षाका लागि क्याम्पको माग गर्दै आए पनि पूरा नभएको थापाले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला