२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याच फिक्सिङका आरोपी फुटबलर कोही गुन्डागर्दीमा कोही जग्गा दलालीमा

३ चैत्र २०७३, बिहीबार ०१:२९

चैत ३, काठमाडौं । २८ असोज, २०७२ का दिन, नेपाली फुटबल प्रेमीहरु स्तब्ध भएको दिन । कुनै प्रतियोगितामा पराजित भएर होइन, ७ वर्षदेखि फुटबलमा हुँदै आएको पराजयको शृंखलाको रहस्य थाहा पाएकोमा ।

राष्ट्रिय खेलाडीहरुले बुकीहरुबाट पैसा खाएर विपक्षी देशलाई सात वर्षदेखि जिताउँदै आएका थिए । महानगरीय अपराध महाशाखाले गत वर्षको २८ असोजमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई पक्राउ गरेको थियो ।

मलेसिया र सिंगापुरका म्याच फिक्सरबाट पैसा खाएर मिलेमतोमा उनीहरुले देशलार्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हराउँदै आएको रहस्य खुल्यो ।

खेलाडीहरुले विदेशी म्याच फिक्सरबाट पैसा लिएको प्रमाणसहित प्रहरीले अदालतमा मुद्दा दायर गर्यो । त्यसयता देशको फुटबलले नयाँ पहिचान बनाउँदै गएको छ भने अदालतको आदेशमा धरौटीमा छुटेका आरोपी खेलाडीहरु गुमनाम छन् ।

कुनै समय फुटबलका हिरो रहेका उनीहरुको छवि अहिले भिलेन बनेको छ । अदालतमा मुद्दा लडिरहेका उनीहरुमध्ये कोही गुन्डागर्दीमा लागेका छन् भने कसैले जग्गा दलालीको काम सुरु गरेका छन् ।

को के गर्दैछन् ?

सागर थापा 

सागर थापाले गत वर्षको माघमा एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफूहरुमाथि झूटो आरोप लागेको दाबी गरे । गत जेठमा फुटबलर विमल घर्तीमगरकी बहिनीको निधन हुँदा पशुपति आर्यघाटको दाहसंस्कारमा उनी उपस्थित भए । त्यसयता उनी सार्वजनिक कार्यक्रममा खासै देखिँदैनन् । वेलावेलामा फुटबल खेल्न उनी फुटसल पुग्ने गरेका छन् । सागरका एक साथीका अनुसार उनी प्रायः धरान र विराटनगर धाउने गर्छन् । पक्राउ परेपछि फ्रस्टेसनका कारण सागरमा बढी मदिरा पिउने लत लागेको उनका साथीले बताए ।

रितेश थापा 

रितेश थापाले आफू जग्गा कारोबारमा लागेको बताए । ‘आफूले जानेको फुटबल हो, त्यही खेल्न नपाएपछि के गर्नु ?’ उनले भने, ‘त्यसै कति बस्नु भनेर यसो घरजग्गा कारोबारमा लागेको छु ।’

सन्दीप राई 

सन्दीप राईले धरौटीमा छुटेपछि बिहे गरेका छन् । लामो समय लिभिङ टुगेदरमा रहेकी प्रेमिकासँग उनले यसै वर्षको दसैंमा बिहे गरेका हुन् ।

अन्जन केसी 

म्याग फिक्सिङको आरोप लागेका अर्का खेलाडी अन्जन केसी गुन्डागर्दीमा लागेको प्रहरी स्रोतले बतायो । पक्राउ पर्नुअघि अन्जन गुन्डा नाइके चरीको समूहमा रहेको खुलेको थियो ।

विकाससिंह क्षेत्री 

डिफेन्डर विकाससिंह क्षेत्री पनि म्याच फिक्सिङको आरोप लागेपछि कसैको सम्पर्कमा छैनन् । उनका सहकर्मी खेलाडी पनि विकास आफूहरुको सम्पर्कमै नरहेको बताउँछन् ।

डेविज थापा

म्याच फिक्सिङबापतको पैसा लिनेमा नेपाली फुटबल टोलीका फिजियोथेरापिस्ट डेविज थापा, सागर र रितेशको आफन्त रहेको खुलेको थियो । डेविजका नाममा केसभनले सन् २०१२ मा एक लाख आठ हजार रुपैयाँ पठाएको प्रहरीको दाबी छ । उनी अमेरिकामा लुक्दै आएका छन् । – गज्जव साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल