२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीबाटै व्यवसायीको अपहरण: चार जना पक्राउ (यसरी भयो अप्रेसन)

२०७३, ४ चैत्र शुक्रबार ०१:४१

काठमाडौं , प्रहरीका दुई अधिकृतले नै दुई महिनाअघि मेनपावर व्यवसायीको अपहरण गरी करिब डेढ करोड फिरौतीको कागज गरेर रिहा गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी नायब निरीक्षक (सइ)द्वय सम्बत लामा र सूर्यबहादुर थापाले अन्य दुई व्यक्तिसँग मिलेर मेनपावर व्यवसायी बद्री राईलाई अपहरण गरेका हुन् । दुवै सइसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले गत १ माघमा धुम्बाराहीस्थित टाइगर ओभरसिजका सञ्चालक बद्री राईलाई अपहरण गरेका थिए । अपहरणमा संलग्न सइसहित काभ्रेका अर्जुन कुमार लामा र रुपन्देहीका राजकुमार गुरुङलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई अपहरण मुद्दामा कारबाही अघि बढाइएको महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले बताए । तस्करीको १५ किलो सुन लुटेको र त्यसवापतको पैसा चाहिने भन्दै उनीहरुले त्यसरी अपहरण गरेको प्रहरीले जनाएको छ ।

दुई महिनापछि उजुरी

राईलाई कोटेश्वरबाट अपहरण गरिएको थियो । उनीहरुले राइलाई दिउसो करिब १ बजे कोटेश्वरमा भेट्न बोलाएर मोटरसाइकलमा राखी गौरीगाउ“स्थित बाजेको सेकुवा रेष्टुरेन्टमा पुर्या‍एका थिए । रेष्टुरेन्टकै कोठामा बन्धक बनाई उनीहरुले २ लाख ३० हजार नगद लिएका थिए । त्यस्तै २५-२५ लाखको चेक काट्न लगाउनु्का साथै चारै जनालाई थप २५-२५ लाख दिने तमसुक बनाएर छाडिदिएका थिए । घटनाको करिब २ महिनापछि गत मंगलबार मात्र मेनपावर व्यवसायी राईले उजुरी गरेका हुन् । अपराध महाशाखाका डिएसपी अजय केसीको नेतृत्वमा मंगलबादेखि सुरु भएको अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् ।

यसरी भयो अप्रेसन

अपरहणमा परेका राईलाई अपहरणकारीको बारेमा विस्तृता थाहा थिएन । राजकुमार गुरुङको फोटो थियो । सोही फोटोका आधारमा डिएसपी केसीले खोजी सुरु गरे । बुधबार उनी लतिलपुरको भैंसेपाटीमा रहेको खुल्यो । उनी भारत जाने तयारीमा थिए । उनकै एक साथीलाई प्रहरीले प्रयोग गरी उनलाई पक्राउ गरेको हो । भारत जान लागेको थाहा पाएपछि ‘एक जना डिएसपीसाबको छोरा भारतमा हुनुहुन्छ, उहाँको लागि एउटा किताब लगिदिनुपर्यो‍’ भन्दै एक साथीमार्फत उनलाई आग्रह गरियो । एयरपोर्टमै किताब लिने सहमति भयो । डिएसपी केसीले एउटा किताब किनेर एक व्यक्तिलाई एयरपोर्टमा पठाए । किताब लिएलगत्तै उनको हातमा प्रहरीको हत्डकी लाग्यो । डिएसपी केसी उनलाई भैंसेपाटीदेखि नै पिछा गरी रहेका थिए । विमानस्थलमा पहिले नै एउटा टोली खटिसकेको थियो ।

पक्राउ परेलगत्तै उनले घटना स्वीकारे । काभ्रेका अर्जुन लामा नामक व्यक्तिको प्रस्तावमा उक्त अपहरण भएको उनले बताएका छन् । केही क्षणमै तामाङ पनि जडिबुटीबाट पक्राउ परे । घटनामा २ जना सईको पनि संलग्नता खुलेपछि महाशाखाले बुधबार नै आफ्ना २ सईलाई पनि नियन्त्रणमा लिएको हो । दुवै जना गौशला वृत्तमा सादा पोशाकमा काम गर्ने प्रहरी हुन् । लोभमा फसेर आफुहरुले उक्त काम गरेको उनीहरुले बताएका छन् ।

योजनाकार सई

गुन्डागर्दीमा समेत संलग्न लामाले मेनपावार संचालक राई सुन तस्करीमा संलग्न भएको सूचना पाएका थिए । केही महिनाअघि बौद्धका फुर्पा शेर्पाले लुटेको १५ केसी सुनमा उनको पनि संलग्न रहेको सूचना पाएका थिए । सोही आधारमा उनलाई धम्काएर पैसा असुल्ने उनको योजना थियो ।

राजकुमारसँग उत्त प्रस्ताव ल्याएपछि उनले प्रहरीसँग मिलेर उक्त काम गर्ने योजना बनाए । गौशला वृत्तमा काम गर्ने सादा पोशाकका प्रहरीसँग उनको चिनजान थियो । सई सम्बत तामाङले पक्राउ शैलीम अपहरण गरी पैसा असुल्ने योजना बनाए । सोही योजनाअनुसार उनलाई नियन्त्रणमा लिई पैसा असुलिएको थियो ।

घटनाको २ महिनापछि मात्र राईले उजुरी गर्नुमा उनको पनि केही कमजोरी हुनसक्ने प्रहरी आशंका छ । स्रोतका अनुसार पक्राउ परेका २ सईले धेरै पैसा मागेपछि उनले उजुरी दिएका हुन् ।

अपहरणमा संलग्न गुरुङ पहिला ट्याक्सी चालक हुन् । गुन्डागर्दीमा समेत संलगन उनले पछि एयरपोर्टको ट्याक्सी चलाउन थालेका थिए । लगत्तै उनले ठमेलमा रेटुरेन्ट तथा एजुकेशन कन्सलटेन्सी समेत खोलिसकेका थिए । छोटो अवधिमा उनले अवैध तरिकाले धेरै पैसा कमाएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउछन् । – नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा