२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम अध्यक्ष गच्छदार कांग्रेसमा भित्रदै

५ चैत्र २०७३, शनिबार ०२:२१

चैत ५, काठमाडौं | सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका छन् । 

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउन सके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन् ।

बैठकमा सहभागी नेता रामकृष्ण यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसमा भिœयाउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्ने निष्कर्ष सहभागीले सुनाएको बताए । ‘गच्छदारलाई कांग्रेसमा भिœयाउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्नेमा सबैको एकमत रह्यो,’ यादवले भने । बैठकमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले पनि कांग्रेसका पुराना नेता तथा प्रजातान्त्रिक विचार बोक्ने नेताका हैसियतले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसले उचित सम्मानसहित भित्र्याउन सके निर्वाचनमा कांग्रेसको माहोल निकै राम्रो हुने निष्कर्षसहित नेतृत्वले ध्यान दिनुपर्ने बताएका थिए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बुढाथोकीले गच्छदारलाई सके कांग्रेसमै ल्याउने, त्यो सम्भव नभएको अवस्थामा चुनावी गठबन्धन बनाएर भए पनि लैजान सुझाव दिए । ‘गच्छदारजीलाई पार्टीमा ल्याउने हो भने एक नम्बर प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिरहासम्म कांग्रेसलाई फाइदा पुग्छ,’ मन्त्री बुढाथोकीको भनाइ उद्धृत गर्दै एक नेताले भने । अर्का सांसद सञ्जय गौतमले गच्छदारलाई कांग्रेसमा ल्याउँदा पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कांग्रेसलाई निकै ठूलो बल पुग्ने बताएका थिए । उनले बर्दियामा मात्र ३० प्रतिशत बढी थारू समुदाय रहेको भन्दै फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारलाई कांग्रेसमा मिलाउन प्रस्ताव गरेका थिए ।

उनीहरूले फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी भइरहेको भन्दै संस्थागत गर्न नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका छन् । कांग्रेसमा रहेर मन्त्रीसमेत बनिसकेका गच्छदार संविधानसभाको चुनावको समयमा मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । सो पार्टीबाट पनि अलग भई उनले फोरम लोकतान्त्रिक गठन गरेका हुन् । कांग्रेसको सबै विषयमा जानकार गच्छदारलाई पुनः ल्याउन सके चुनावमा परिणाम राम्रो हुने कांग्रेसका ती सांसदको भनाइ छ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल