चैत १७, काठमाडौं | खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले प्रतिनिधि नेपाली श्रमिकको बर्सेनि सम्मान परम्परा थालनी गरको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १७, काठमाडौं | खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले प्रतिनिधि नेपाली श्रमिकको बर्सेनि सम्मान परम्परा थालनी गरको छ ।<"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली श्रमिकलाई ‘सम्मान’गर्दै कतार

१७ चैत्र २०७३, बिहीबार ०२:४९

चैत १७, काठमाडौं | खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले प्रतिनिधि नेपाली श्रमिकको बर्सेनि सम्मान परम्परा थालनी गरको छ ।

नेपालका लागि कतारका राजदूत युसुफ मोहम्मद अहमद मोम्मद अल–हेलले बुधबार यस्तो परम्परा थालनी गर्दै मंगलबार कतारमा २० वर्षदेखि श्रम गर्दै आएका धनकुटाका उत्तमकुमार लिम्बूलाई सम्मान गरे । राजदूतले लिम्बूलाई एउटा घडी र मोबाइल उपहार पनि दिए ।

महाराजगन्जस्थित कतार दूतावासमा आयोजित समारोहमा राजदूत युसुफ मोहम्मदले ‘कतार निर्माणमा नेपाली श्रमिकको उल्लेख्य स्थान रहेको ’टिप्पणी गरे । श्रमको सम्मान गर्नै हरक बर्ष श्रमिक सम्मानलाई निरन्तरता दिइने उनले प्रतिबद्धता गरे। ५७ वर्षीय लिम्बू कतारको सनैयास्थित साडो ट्रेडिङ एण्ड कन्ट्राक्टिङ् कम्पनीमा मेसनका रुपमा कार्यरत छन्। धनकुटाको कुरुले तेनुपास्थित जानकी बुढासुब्बा प्राथमिक बिद्यालयमा शिक्षकको जागिर खोसिएपछि उनी मजदुरी गर्न कतार गएका थिए । कतारमा झन्डै ४ लाख नेपाली श्रमिक छन्। राजधानीमा जारी ‘काठमाडौं ट्रेनाले ’ कला महोत्सवमा पनि श्रमिक उत्तरकुमारको २० वर्षयताको मजदुरी नियतिको कथा– व्यथा समेटिएको छ । उनले आफूले मजदुरी गरेरै एउटा छोरा मेखलाई कला विषयमा स्नातकोत्तर पढाएका छन् भने अर्का छोरा मानबहादुर वीरन्द्र सैनिक स्कुलमा शिक्षक छन् ।

कलाकार छोरा मेखले नै आफ्ना बाबुको कतार–नेपाल ‘कनेक्सन’ लाई डिजिटल आर्ट, पेन्टिङ, भिडियो–क्लिपिङ र तस्बिरमा उतारका हुन्। महोत्सवको संयोजन कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीकी कला प्राध्यापक डा. डीना वाङदेलले गरकी हुन् । – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ