चैत १७, काठमाडौं | खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले प्रतिनिधि नेपाली श्रमिकको बर्सेनि सम्मान परम्परा थालनी गरको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १७, काठमाडौं | खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले प्रतिनिधि नेपाली श्रमिकको बर्सेनि सम्मान परम्परा थालनी गरको छ ।<"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली श्रमिकलाई ‘सम्मान’गर्दै कतार

२०७३, १७ चैत्र बिहीबार ०२:४९

चैत १७, काठमाडौं | खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले प्रतिनिधि नेपाली श्रमिकको बर्सेनि सम्मान परम्परा थालनी गरको छ ।

नेपालका लागि कतारका राजदूत युसुफ मोहम्मद अहमद मोम्मद अल–हेलले बुधबार यस्तो परम्परा थालनी गर्दै मंगलबार कतारमा २० वर्षदेखि श्रम गर्दै आएका धनकुटाका उत्तमकुमार लिम्बूलाई सम्मान गरे । राजदूतले लिम्बूलाई एउटा घडी र मोबाइल उपहार पनि दिए ।

महाराजगन्जस्थित कतार दूतावासमा आयोजित समारोहमा राजदूत युसुफ मोहम्मदले ‘कतार निर्माणमा नेपाली श्रमिकको उल्लेख्य स्थान रहेको ’टिप्पणी गरे । श्रमको सम्मान गर्नै हरक बर्ष श्रमिक सम्मानलाई निरन्तरता दिइने उनले प्रतिबद्धता गरे। ५७ वर्षीय लिम्बू कतारको सनैयास्थित साडो ट्रेडिङ एण्ड कन्ट्राक्टिङ् कम्पनीमा मेसनका रुपमा कार्यरत छन्। धनकुटाको कुरुले तेनुपास्थित जानकी बुढासुब्बा प्राथमिक बिद्यालयमा शिक्षकको जागिर खोसिएपछि उनी मजदुरी गर्न कतार गएका थिए । कतारमा झन्डै ४ लाख नेपाली श्रमिक छन्। राजधानीमा जारी ‘काठमाडौं ट्रेनाले ’ कला महोत्सवमा पनि श्रमिक उत्तरकुमारको २० वर्षयताको मजदुरी नियतिको कथा– व्यथा समेटिएको छ । उनले आफूले मजदुरी गरेरै एउटा छोरा मेखलाई कला विषयमा स्नातकोत्तर पढाएका छन् भने अर्का छोरा मानबहादुर वीरन्द्र सैनिक स्कुलमा शिक्षक छन् ।

कलाकार छोरा मेखले नै आफ्ना बाबुको कतार–नेपाल ‘कनेक्सन’ लाई डिजिटल आर्ट, पेन्टिङ, भिडियो–क्लिपिङ र तस्बिरमा उतारका हुन्। महोत्सवको संयोजन कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीकी कला प्राध्यापक डा. डीना वाङदेलले गरकी हुन् । – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ