२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै डोरीमा आमाछोराले आत्महत्या गर्नुको कारण यस्तो रहेछ !

२८ बैशाख २०७४, बिहीबार ०१:४७


बैशाख २८, गुल्मी । छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे । 

साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार पहिलाछोरालाई प्लास्टिकको डोरीले पासो लगाएर पछि आमाले त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो ।

शीतलका श्रीमान् पदम रोजगारीका लागि दुबईमा छन् । घरायसी विवाद बढ्दै गएकाले मानसिक तनाव सहन नसकेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए । केही महिनाअघि सानो एउटा घर बनाएको ५०–६० हजार ऋण थियो । त्यसैलाई लिएर श्रीमान्ले बारम्बार फोनमा तनाव दिने गरेको बुझिएको यादवले बताए । शीतलका ४२ वर्षीय ससुरा कासीराम परियारले जाहेरी दिएका छन् । छोरो वैदेशिक रोजगारीमा रहेका वेला बुहारी र नातिको मृत्युले पीडा दिएको उनले बताए । उनले छोराबुहारीबीचको खटपट आफूलाई जानकारी नभएको बताए ।

१० महिनामा ३८ ले गरे आत्महत्या

गत साउनदेखि अहिलेसम्म जिल्लामा ३८ जनाले आत्महत्या गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालयमा छ । साउनमा चार, भदौमा चार, असोजमा तीन, कात्तिकमा तीन, मंसिरमा पाँच, पुसमा चार, माघमा ६, फागुनमा चार, चैतमा दुई र २४ वैशाखसम्म तीनजनाले आत्महत्या गरेका छन् ।

गत तीन वर्षको तथ्यांकलाई तुलना गर्ने हो भने आर्थिक वर्ष ०७०-७१ मा ५४ जनाले आत्महत्या गरेका छन् । त्यस्तै ०७१-७२ मा ४८ र ०७२-७३ मा ६७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले आत्महत्या ठूलो समस्या भएको बताए । तीन–चार वर्षमा जिल्लाको आत्महत्याको दर अत्यन्तै उच्च रहेको उनले बताए । ‘कुनै महिना आत्महत्या नभएका छैनन्, कहिले त एकैदिन दुई–तीनवटा पनि भए,’ नेपालले भने, ‘अवस्था न्यूनीकरणमा पहल कतैबाट छैन ।’ पछिल्लो सामाजिक सञ्जालले ल्याएको विकृति, वैदेशिक रोजगारपछिको पारिवारिक विचलन, आधुनिक पुस्ताको बढ्दो महत्वकांक्षालगायत कारण आत्महत्याका घटनामा वृद्धि भएको उनले बताए ।

मानवअधिकारकर्मी गणेश श्रेष्ठले आत्महत्याको गम्भीर समस्या रहेकाले सरकारी तथा गैरसरकारी कार्यालय र सरोकारवालको ध्यान पुग्न जरुरी रहेको बताए । आत्महत्या गर्ने धेरै महिला र युवायुवती रहेकाले सचेतनामार्फत निरुत्साहित गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव