जेठ १८, काठमाडौँ | माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गरेको छ । सरकारमा सफल भएको र सरकारले गरेका कामबारे जनस्तरमा प्रस्ट पार्न नसक्दा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८, काठमाडौँ | माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गरेको छ । सरकारमा सफल भएको र सरकारले गरेका कामबारे जनस्तरमा प्रस्ट पार्न नसक्दा न"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोधेको ४ प्रश्नको जवाफ यसरी दिए

२०७४, १८ जेष्ठ बिहीबार ०१:३२

जेठ १८, काठमाडौँ | माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गरेको छ । सरकारमा सफल भएको र सरकारले गरेका कामबारे जनस्तरमा प्रस्ट पार्न नसक्दा निर्वाचनमा अनपेक्षित परिणाम आएको माओवादी केन्द्रको निष्कर्ष छ ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरूले स्थानीय निर्वाचनको समीक्षा गर्नुपर्ने धारणा राखेका थिए । अध्यक्ष प्रचण्डले सरकारले गरेका कामलाई जनस्तरमा पुर्याउन नसक्दा समस्या देखिएको बताएका छन् ।

‘ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौँ,’ बैठकमा प्रचण्डले भने, ‘अरूले गफै गरेर चर्चा बटुले, तर हामीले कामको जस पनि लिन जानेनौँ । अरूले पिठो बेचे हामीले चामल पनि बेच्न सकेनौँ ।’

माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको प्रचण्डको भनाइ छ । ‘लोडसेडिङको अन्त्य गर्यो । उज्यालो युगको सुरुवात भयो । वर्षौँदेखि रोकिएको १४ सय किमिको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दै छ । हाम्रै पालामा महाकालीमा पुल बन्दै छ, १४ वटा ठूला सडक हाम्रै पालामा बन्दै छन् । फास्ट ट्र्याक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलाशययुक्त आयोजना सुरु हुँदै छ,’ उनले भने, ‘आर्थिक वृद्धिदर ७।५ प्रतिशत पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ । इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ–नगरमा पुगेको छ । २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ । यति ठूला काम गरेर पनि हामीले जस लिन सकेनौँ ।’

प्रधानमन्त्री प्रचण्डलाई सांसदहरूका प्रश्न

१. विगत चुनावको समीक्षा पार्टीभित्र खोइ रु किन नगरिएको ?

२. मानपदवी वितरण प्रक्रिया के हो ? यो किन विवादमा आयो ?

३. अब बन्ने सरकारमा माओवादीको सहभागिता के–कस्तो हुन्छ ?

४. पटक–पटक चुनाव मिति किन सारियो ?

प्रचण्डको जवाफ:-

माओवादी नेतृत्वको सरकारले दूरगामी महत्व राख्ने र इतिहासमा मानकसिद्ध हुने काम गर्यो । लोडसेडिङको अन्त्य गर्यो । उज्यालो युगको सुरुवात भयो । वर्षौँदेखि रोकिएको १४ सय किमिको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दै छ । हाम्रै पालामा महाकालीमा पुल बन्दै छ, १४ वटा ठूला सडक हाम्रै पालामा बन्दै छन् । फास्ट ट्र्याक शिलान्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलाशययुक्त आयोजना सुरु हुँदै छ । आर्थिक वृद्धिदर ७।५ प्रतिशत पुगेको छ, मूल्य वृद्धि नियन्त्रण भएको छ । इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत सिंहदरबारको अधिकार गाउँ–नगरमा पुगेको छ । २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको छ । तर, यति ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौं । अरुले गफै गरेर चर्चा बटुले । तर, हामीले कामको जस पनि लिन जानेनौं । अरुले पिठो वेचे हामीले चामल पनि वेच्न सकेनौं ।

सडकमै भेटिन्नन् भन्नेहरू तालमेल गर्न खोज्दै छन्

निर्वाचनको समिक्षा गर्नैपर्छ । तपाईहरुले उठाउनु भएको कुरा जायज छ । हाम्रो संगठनात्मक आधार खराव थियो, हाम्रा संगठनहरु वनेकै थिएनन् । पार्टी विभाजित भएर अस्तब्यस्त वनेको थियो । हामी विभाजितहरुले नै एकले अर्कोलाई विगतमा हिलो छ्याप्ने काम पनि गर्यौं । यसले पनि हाम्रो इतिहासलाई धुमिल बनाएको थियो । तर, केही समययता हामीले विभाजित माओवादी एक बनाएका छौँ । तर पनि संगठनात्मक समस्या हल भएका थिएनन् । यस्तो अवस्थामा हामी चुनावमा गएका थियौँ । हामीलाई कतिपयले असाध्यै होच्याउने र सडकमा अब माओवादी भेटिन्नन्सम्म भनेका थिए । पत्तासाप नै हुन्छ भन्नेहरू पनि थिए । हाम्रो जित–हार जे भए पनि हामीलाई कसैले परास्त गर्न सकेनन् । सडकमै भेटिन्न भन्नेहरू अहिले चुनावी तालमेल गर्न, माओवादीको चुनाव चिह्नमा चुनाव लड्न खोजिरहेका छन् । यसले पनि देखाउँछ हामी निराश भइहाल्नु पर्ने अवस्था छैन ।

रमजानका कारण निर्वाचन मिति सर्यो

निर्वाचन सामान्य प्राविधिक विषय होइन, यसको ठूलो राजनीतिक महत्व छ । यसभित्र राष्ट्रिय एकता एवं स्वाभिमानको रक्षा गर्ने, हिमाल, पहाड र तराई–मधेशको एकता सुदृढ गर्ने आकांक्षा लुकेको छ । हामी एकै चरणमा निर्वाचन चाहन्थ्यौं । तर, त्यसो गरेको भए निर्वाचन नै नहुने खतरा थियो । सिंगो देशलाई नै निर्वाचनमा लैजाने कुराको ठूलो महत्व छ । मुस्लिम समुदायको रमजानलाई ख्याल गरेर असार १४ गतेका लागि निर्वाचन सार्ने निर्णय गरिएको छ, ९ गते मुस्लिम समुदायको पर्व रामजानको अन्तिम शुक्रबार पर्दोरहेछ । मधेसवादी दलले पनि लम्ब्याउन चाहेको र मुस्लिम समुदायले पनि आफ्नो पर्वका वेला नपार्न आग्रह गरेपछि १४ असारमा सारिएको हो । अब राजपा पनि निर्वाचनमा आउँछ । एमालेको पनि आलोचनात्मक समर्थन छ । असार १४ को निर्वाचन फेरि सर्दैन, चुनाव हुन्छ, मौसमविद्हरूसँग पनि राय लिएका कारण मौसमले निर्वाचन प्रभावित हुँदैन भन्ने विश्वास छ ।

अब देउवाको नेतृत्वमा सरकार

संविधान कार्यान्वयनको चरणसम्म सहमतीय सरकार निर्माण भएको भए असाध्यै राम्रो हुन्थ्यो । तर, त्यो सम्भावना करिब अन्त्यजस्तो देखिएको छ । अब कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ । सरकारमा हाम्रो पार्टी महत्वपूर्ण गठबन्धन दल वन्छ । अबको सरकारमा पहिला भन्दा समावेशी समानुपातिक रुपमा मन्त्रीहरु वनाउने प्रतिवद्धता म जनाउँछु । अबको सरकारमा पहिलाभन्दा बढी समावेशी प्रतिनिधित्व गराउनुपर्छ ।

मानपदवीको निर्णय गृहले गरेको हो

मानपदवीको विषयमा प्रधानमन्त्री कार्यालयले निर्णय गरेको होइन । यस विषयमा गृहमन्त्रालयभित्रै एउटा कमिटि हुन्छ । त्यही कमिटिले निर्णय गरेर कसलाई मानपदवी दिने भन्ने हुन्छ । उसले के आधारमा क कसलाई दिने निर्णय गरेको हो, यस विषयमा प्रधानमन्त्री कार्यालयको कुनै हात छैन ।

एजेन्डा लिएर गाउँ जानुस्

माओवादीले कांग्रेस–एमालेसरह सिट त पहिलो चरणको निर्वाचनमा ल्याएन । ल्याउने हाम्रो अपेक्षा पनि थिएन । हाम्रा लागि संगठन ब्युँताउने र गाउँ तहसम्म पार्टी सञ्जाल विस्तार गर्ने कुरा नै ठूलो थियो । माओवादीको एजेन्डामा देश हिँडिरहेका वेला यसलाइ गाउँसम्म पुर्याउने, बुझाउने मुख्य कुरा हो । तपाईंहरू गाउँ–गाउँ पुगेर माओवादी नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्नुस्, जनतालाई बुझाउनुस् ।

विशिष्ट परिस्थितिमा अग्रगामी बजेट : अर्थमन्त्री

अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचन आचारसंहिता जारी भएको, सरकार आफैँ कामचलाउ अवस्थामा पुगेको विशिष्ट परिस्थितिमा पनि अग्रगामी बजेट ल्याएको बताएका छन् । संघीयताको विषयलाई सम्बोधन गर्ने गरी सरकारले बजेट ल्याएको उनको भनाइ छ । ‘सिंहदरबारको अधिकारलाई गाउँ तहमै सुनिश्चित गर्ने गरी यसपालिको बजेट आएको छ ।’ – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश